मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अबदेखि  मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उपत्यका बाहिर

मङ्गलबार, २६ जेठ २०८३, १९ : ३७
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • नेपाल मेडिकल काउन्सिलले आगामी आर्थिक वर्षदेखि चिकित्सक लाइसेन्स परीक्षा काठमाडौँ उपत्यकाबाहिर पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
  • उपत्यका बाहिर परीक्षा सञ्चालनका लागि अध्ययन कार्यदल गठन हुनेछ ।
  • यस्तै बैठकले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि २०८३ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आगामी आर्थिक वर्षदेखि लाइसेन्स परीक्षा काठमाडौँ उपत्यकाबाहिर पनि सञ्चालन गर्ने निर्णय गरेको छ । 

काउन्सिलको बैठकले अबदेखि चिकित्सक लाइसेन्स परीक्षा उपत्यकाबाहिर सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल मेडिकल काउन्सिलका निर्वाचित सदस्य रविन बस्नेतका अनुसार उपत्यका बाहिर परीक्षा सञ्चालनका लागि अध्ययन कार्यदल गठन हुनेछ । 

डा.बस्नेतले भने, ‘अहिले काठमाडौँ उपत्यकामा मात्रै लाइसेन्स परीक्षा हुँदै आएको छ । मेडिकल काउन्सिलको एमबिबिएस र एमडिको लाइसेन्स परीक्षा अबदेखि उपत्यकाबाहिर हुनेछ । परीक्षालाई व्यवस्थित गर्न र उपत्यका बाहिर सञ्चालनका लागि कार्यदल अध्ययन गठन हुनेछ । कार्यदलको सुझावका आधारमा हामी अघि बढ्नेछौँ ।’

यस्तै बैठकले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि २०८३ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरी कानुनी परामर्शपछि अन्तिम रूप दिई मन्त्रालयमा पठाउने निर्णय गरेको छ । काउन्सिलको आधिकारिक वेबसाइटमा चिकित्सकहरूको शैक्षिक योग्यता तथा डिग्री अद्यावधिक गर्ने कार्य यथाशीघ्र सुरु गर्ने काउन्सिलको निर्णयमा उल्लेख छ ।

काउन्सिलको पूर्ण बैठक गत जेठ १८ गते बसे पनि निर्णय आज मंगलबार सार्वजनिक गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप