बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने

मङ्गलबार, २६ जेठ २०८३, २० : ४०
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने भएका छन्।
  • सिंहदरबारस्थित नेपाली कांग्रेसका संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म र उनको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने निर्णय दोहोर्‍याएको हो ।
  • प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्यका लागि सरकार र सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पहलकदमी लिनुपर्ने विपक्षी दलहरूले बताएका छन्।

काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभा बैठकमा व्यक्त गरेको नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने भएका छन्। 

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसका संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले पुरानै निर्णय दोहोर्‍याएको हो । 

नेपाली कांग्रेसका सचेतक निष्कल राईले बैठकले ‘प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म र उनको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने’ निर्णय गरेको जानकारी दिए ।

प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्यका लागि सरकार र सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पहलकदमी लिनुपर्ने सचेतक राईले बताए।

प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनेर अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन् । सोही मुद्दालाई लिएर विपक्ष दलहरूले मंगलबारको बैठक पनि अवरोध गरेका थिए । 

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल उपनेता पदमा अर्याल नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली एमालेका प्रमुख सचेतक ऐनबहादुर महर कांग्रेसकी प्रमुख सचेतक वासना थापा सचेतक राई सहितका नेताहरू उपस्थित थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप