प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
सारांश
- विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने भएका छन्।
- सिंहदरबारस्थित नेपाली कांग्रेसका संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म र उनको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने निर्णय दोहोर्याएको हो ।
- प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्यका लागि सरकार र सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पहलकदमी लिनुपर्ने विपक्षी दलहरूले बताएका छन्।
काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभा बैठकमा व्यक्त गरेको नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने भएका छन्।
मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसका संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले पुरानै निर्णय दोहोर्याएको हो ।
नेपाली कांग्रेसका सचेतक निष्कल राईले बैठकले ‘प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म र उनको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म संसद् चल्न नदिने’ निर्णय गरेको जानकारी दिए ।
प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्यका लागि सरकार र सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पहलकदमी लिनुपर्ने सचेतक राईले बताए।
प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनेर अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन् । सोही मुद्दालाई लिएर विपक्ष दलहरूले मंगलबारको बैठक पनि अवरोध गरेका थिए ।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल उपनेता पदमा अर्याल नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली एमालेका प्रमुख सचेतक ऐनबहादुर महर कांग्रेसकी प्रमुख सचेतक वासना थापा सचेतक राई सहितका नेताहरू उपस्थित थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण