मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने

मङ्गलबार, २६ जेठ २०८३, २० : ५४
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ । सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ।

सांस्कृतिक संस्थानले मंगलबार प्रतियोगी तथा पत्रकार समक्ष विशेष भेटघाट कार्यक्रमको आयोजना गरी सोबारे जानकारी दिएको हो । उक्त प्रतियोगिता आउँदो असार ३, ४ र ५ गते सांस्कृतिक संस्थानको मेगाहल, जमलमा आयोजना गरिने संस्थानका महाप्रबन्धक किरणबाबू पुनले जानकारी दिए।

उनले भने, “सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा हामीले पहिलो पटक राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजना गर्दैछौँ । यो आफैँमा खुसीको कुरो हो ।”

उक्त राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ मा २५ वटा समूहको सहभागिता रहने तथा असार ५ गते वार्षिकोत्सवका दिन पुरस्कार वितरणसहित सम्मान गरिने महाप्रबन्धक पुनले बताए। आज आयोजित कार्यक्रममा वरिष्ठ लोकदोहरी गायक बद्री पङ्गेनी, गायिका मन्जु पौडेललगायत सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप