अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
सारांश
- प्रहरीले काठमाडौँको बत्तिसपुतलीस्थित होटल एडीका सञ्चालकसहित १६ जनालाई यौनजन्य गतिविधि गरेको आरोपमा पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरूले सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर यौनजन्य गतिविधि गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
- प्रहरी वृत्त गौशालाले यस घटनाबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । काठमाडौँको बत्तिसपुतली स्थित होटल एडीका सञ्चालकसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । यौनजन्य गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा होटल एडीका सञ्चालक ३३ वर्षीय विकाश भुलनसहित १६ जना छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर यौनजन्य गतिविधि गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका २ घर भई काठमाडाैँ बस्ने ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका १४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका ८ का २८ वर्षीय विवेक स्याङ्तान तथा काठमाडौँ महानगरपालिका ९ शम्भुमार्ग बस्ने राजकुमार गौतम छन् ।
यस्तै पेमा लामा , अन्जली धिमाल , लक्ष्मी मगर , सम्झना थापा , एलिना तामाङ , कमला माया लामा , फुर्वा माया तामाङ, शिवानी सुनार , रोशनी लामा , सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण