‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सम्पूर्ण विद्यालयहरूलाई विद्यार्थीको व्यक्तिगत सूचना संरक्षण गर्न निर्देशन दिएको छ ।
केन्द्रले मंगलबार एक सूचना जारी गर्दै विद्यार्थीहरूको व्यक्तिगत गोपनीयता र सुरक्षाप्रति गम्भीर हुन सबै विद्यालयहरूलाई सचेत गराएको हो । पछिल्लो समय विद्यालयहरूबाट विद्यार्थीको विवरण बाहिरिएको भन्दै केन्द्रले उक्त निर्देशन दिएको हो।
विद्यालयहरूबाट विद्यार्थीको नाम, थर, जन्म मिति, सम्पर्क नम्बर र इमेल जस्ता नितान्त व्यक्तिगत विवरणहरू अनधिकृत व्यक्ति वा संस्थाहरूलाई उपलब्ध गराउने गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यसरी व्यक्तिगत सूचना बाहिरिँदा अपरिचित व्यक्ति वा संस्थाबाट विद्यार्थीहरूमाथि मानसिक दबाब सिर्जना भएको भन्दै केन्द्रमा विभिन्न उजुरी र गुनासाहरू दर्ता भएका थिए । सोही उजुरीहरूका आधारमा केन्द्रले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विद्यार्थीहरूको व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न, सुरक्षित शैक्षिक वातावरण निर्माण गर्न र अनावश्यक मानसिक प्रभावबाट उनीहरूलाई जोगाउन केन्द्रले अभिभावकको अनुमति बिना कुनै पनि विवरण कसैलाई उपलब्ध नगराउन निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण