रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
- मनोनयन दर्ता गर्नेहरूमा निवर्तमान सभापति डा. अचुत्तम लामिछाने, बदन भण्डारी, निवर्तमान प्रवक्ता उत्सव अर्याल, एचपी खत्री र कृष्णमान शाक्य रहेका छन् ।
- रास्वपा बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ, जसमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता लगायतका पदाधिकारी रहनेछन् ।
हेटौँडा । रास्वपा बागमती प्रदेशको सभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ । मंगलबारबाट सुरु भएको रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रममा एक सभापति पदका लागि ५ आकांक्षीहरूले मनेनयन दर्ता गरेका हुन् ।
रास्वपा बागमतीको सभापतिका लागि २ सांसदसहित अन्य ३ जनाले उम्मेदवारी दिएका हुने । मंगलबार साँझ भएको मनोनयन दर्ताको कार्यक्रममा निवर्तमान सभापति एवम् प्रतिनिधिसभा सदस्य डा. अचुत्तम लामिछाने, बदन भण्डारी, निवर्तमान प्रवक्ता उत्सव अर्याल, एचपी खत्री र कृष्णमान शाक्यले मनोनयन दर्ता गरेका छन् ।
शाक्य केन्द्रीय प्रक्षिक्षण विभागका सदस्य हुन् भने भण्डारी सांसदसहित केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव हुन् । लामिछाने नेतृत्वको प्रदेश समिति विघटन भएसँगै निर्वाचन समितिले नयाँ नेतृत्वको लागि कार्यतालिका सार्वजनिक गरेको थियो । उक्त कार्यतालिका अनुसार प्रदेश प्रवक्ताको जिम्मेवारीमा रहेका मकवानपुरका अर्यालले सभापतिमा उम्मेदवारी दिएका हन् ।
सभापति सहित अन्य पदाधिकारी र सदस्यहरूको लागि समेत निर्वाचन प्रक्रिया अघि बढाइएको छ । रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ । समितिमा एक जना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री रहनेछन् । सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ ।
त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ । विधानअनुसार निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरू मध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ ।
उक्त निर्वाचनका लागि करिव १ हजार २०० मतदाता कायम गरिएको निर्वाचन समितिका सदस्य सुमित्रा पण्डितले जानकारी दिइन् । निर्वाचन कार्यक्रम केही समयमा नै सुरु गर्ने गरी आवश्यक तयारी भइरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण