मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने

मङ्गलबार, २६ जेठ २०८३, २१ : ५६
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
  • मनोनयन दर्ता गर्नेहरूमा निवर्तमान सभापति डा. अचुत्तम लामिछाने, बदन भण्डारी, निवर्तमान प्रवक्ता उत्सव अर्याल, एचपी खत्री र कृष्णमान शाक्य रहेका छन् ।
  • रास्वपा बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ, जसमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता लगायतका पदाधिकारी रहनेछन् ।

हेटौँडा । रास्वपा बागमती प्रदेशको सभापतिका लागि ५ जनाको उम्मेदवारी परेको छ । मंगलबारबाट सुरु भएको रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रममा एक सभापति पदका लागि ५ आकांक्षीहरूले मनेनयन दर्ता गरेका हुन् । 

रास्वपा बागमतीको सभापतिका लागि २ सांसदसहित अन्य ३ जनाले उम्मेदवारी दिएका हुने । मंगलबार साँझ भएको मनोनयन दर्ताको कार्यक्रममा निवर्तमान सभापति एवम् प्रतिनिधिसभा सदस्य डा. अचुत्तम लामिछाने, बदन भण्डारी, निवर्तमान प्रवक्ता उत्सव अर्याल, एचपी खत्री र कृष्णमान शाक्यले मनोनयन दर्ता गरेका छन् । 

शाक्य केन्द्रीय प्रक्षिक्षण विभागका सदस्य हुन् भने भण्डारी सांसदसहित केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव हुन् । लामिछाने नेतृत्वको प्रदेश समिति विघटन भएसँगै निर्वाचन समितिले नयाँ नेतृत्वको लागि कार्यतालिका सार्वजनिक गरेको थियो । उक्त कार्यतालिका अनुसार प्रदेश प्रवक्ताको जिम्मेवारीमा रहेका मकवानपुरका अर्यालले सभापतिमा उम्मेदवारी दिएका हन् । 

सभापति सहित अन्य पदाधिकारी र सदस्यहरूको लागि समेत निर्वाचन प्रक्रिया अघि बढाइएको छ । रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ । समितिमा एक जना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री रहनेछन् । सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ ।

त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ । विधानअनुसार निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरू मध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ ।

उक्त निर्वाचनका लागि करिव १ हजार २०० मतदाता कायम गरिएको निर्वाचन समितिका सदस्य सुमित्रा पण्डितले जानकारी दिइन् । निर्वाचन कार्यक्रम केही समयमा नै सुरु गर्ने गरी आवश्यक तयारी भइरहेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप