न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
सारांश
- न्युजिल्याण्डले ऊर्जा सुरक्षा र लागत घटाउन एलएनजी टर्मिनल निर्माण गर्ने भएको छ।
- सन् २०२८ सम्म सञ्चालनमा आउने टर्मिनलले सुख्खायाममा विद्युत् उत्पादनको जोखिम व्यवस्थापन गर्नेछ।
- यसले वार्षिक करिब ४६.५ करोड अमेरिकी डलर बचत गर्ने अनुमान छ।
काठमाडौँ । न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन र विद्युत् लागत घटाउन तरल प्राकृतिक ग्यास आयात गर्ने टर्मिनल निर्माण योजना अघि बढाउने भएको छ ।
ऊर्जामन्त्री सिमोन ब्राउनले मंगलबार अकल्यान्ड व्यवसाय चेम्बरमा दिएको भाषणमा बताए अनुसार, यो ‘एलएनजी’ टर्मिनल सन् २०२८ सम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यसले “सुख्खा वर्ष” मा कम वर्षा हुँदा जलविद्युत् उत्पादन घट्ने जोखिम व्यवस्थापन गर्न मद्दत गर्नेछ ।
मन्त्री ब्राउनका अनुसार, कम पानीका कारण जलाशय स्तर घट्दा विद्युत् उत्पादनमा हुने कमीलाई एलएनजीले पूर्ति गर्न सक्छ । यसले थोक विद्युत् मूल्य घटाएर वार्षिक करिब ८० करोड न्युजिल्याण्ड डलर ९करिब ४६।५ करोड अमेरिकी डलर० बचत गराउन सक्ने अनुमान गरिएको छ ।
“हालै मध्यपूर्वमा भएका घटनाहरूले न्युजिल्याण्डलाई सुरक्षित र विविध इन्धन आपूर्तिको आवश्यकता भएको स्मरण गराउँछ । द्वन्द्व भए पनि एलएनजी यस दशकभित्र लागू गर्न सकिने सबैभन्दा छिटो, सस्तो र लचिलो समाधान हो,” मन्त्रीले भने ।
सरकारले परियोजनाका लागि दुई आपूर्तिकर्तालाई छनोट गरिसकेको छ । साथै, वित्तीय मोडेल तयार पार्ने काम भइरहेको छ र घरायसी विद्युत् बिलमा अतिरिक्त शुल्क लगाउने योजना अस्वीकार गरिएको छ ।
यसैबिच, सरकारले जाडो मौसममा ऊर्जा आपूर्ति सुनिश्चित गर्न नयाँ नियम प्रस्ताव गरेको छ । यसअनुसार प्रमुख विद्युत् कम्पनी र ठुला उपभोक्ताहरूले आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने वैकल्पिक ऊर्जा स्रोत पहिल्यै सुनिश्चित गर्नुपर्नेछ, र नियम पालना नगरे कडा जरिवाना हुनेछ ।
तर विपक्षी लेबर र ग्रीन्स पार्टीले यो योजनामाथि प्रश्न उठाएका छन् । उनीहरूले आयातित ग्यासले देशलाई अन्तर्राष्ट्रिय मूल्य उतारचढावमा निर्भर बनाउने भन्दै घरेलु नवीकरणीय ऊर्जामा बढी लगानी गर्नुपर्ने तर्क गरेका छन् ।
उनीहरूले एलएनजी परियोजना दीर्घकालीन रूपमा महँगो र अनिश्चित हुन सक्ने चेतावनी पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा अन्तर्राष्ट्रिय बोधी सम्मेलन हुँदै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण