बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

बास्केटबल टोली चीन प्रस्थान

मङ्गलबार, २६ जेठ २०८३, २३ : ३२
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • नेपाली बास्केटबल टोली एसियाली विश्वविद्यालय च्याम्पियनसिपमा भाग लिन चीन प्रस्थान।
  • प्रतियोगिता '३ बाई ३' स्वरुपमा मकाउमा हुनेछ।
  • राष्ट्रिय खेलकुद परिषद् र मन्त्रीका सल्लाहकारले टोलीलाई बिदाइ गरे।

काठमाडौँ । आठौँ एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली मंगलबार चीनको पुताउ प्रस्थान गरेको छ ।

यही जुन १० देखि १५ तारिखसम्म हुने ‘३ बाई ३’ स्वरूपको प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् ।

प्रतियोगिता मकाउमा अक्टोबरमा हुने फिसु विश्वको छनोटका रुपमा समेत रहेको नेपाल विश्वविद्यालय खेलकुद सङ्घका महासचिव पूर्णसिंह बोहराले जानकारी दिए । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार राजु सिंहले मंगलबार नै एक कार्यक्रमबिच बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप