बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म

बुधबार, २७ जेठ २०८३, ०० : ००
बुधबार, २७ जेठ २०८३

सारांश

  • सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल–भारतको सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाएको छ।
  • माध्यमिक शिक्षा परीक्षा (एसईई)का क्रममा सिरहाका परीक्षा केन्द्रबाट जफत गरिएका परीक्षार्थीका मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटना विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. ‘मुसा प्रवृत्ति’को बिगबिगी 

कतिपयले प्रधानमन्त्रीलाई सन्देश पठाएकै भरमा राष्ट्रसेवक उच्च पदाधिकारीलाई राज्यले नियन्त्रणमा लिनु गलत भएको बताएका छन्।

२. हडताल गर्न निषेध

सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ।  

३. मन्त्रिपरिषद् पुनर्गठन

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

४. नेपाल–भारत सम्बन्ध ‘रिसेट’ 

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल–भारतको सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाएको छ । दुई देशको बिचमा केही अघिसम्म चिसिएको सम्बन्ध पछिल्ला दुई भ्रमणले सुधार गरेको हो। 

५.  सुदूरपश्चिममा एमालेले किन फेर्न सकेन मन्त्री ?

 सुदूरपश्चिम प्रदेशका मन्त्री फेर्ने विषयलाई लिएर नेकपा एमालेभित्र भाँडभैलो भएको छ । सोमबार सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सबै मन्त्री फेर्दा सत्ता साझेदार दल नेकपा एमाले भने आन्तरिक कलहमा अल्झिन पुग्यो ।

६. देउवा नेपाल फर्कन समय लाग्ने 

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा नेपाल फर्कन अझै केही समय लाग्ने भएको छ।

७. सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?

आकस्मिक रूपमा सांसदहरूले सोधेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री शाहले त्यस्तो अभिव्यक्ति दिएपछि सदनभित्र र बाहिर उनको अभिव्यक्तिको चर्को विरोध भइरहेको छ।

८. कलाकार र आयोजकबिच टकराव

 सुदूरपश्चिम प्रदेशका मन्त्री फेर्ने विषयलाई लिएर नेकपा एमालेभित्र भाँडभैलो भएको छ । सोमबार सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सबै मन्त्री फेर्दा सत्ता साझेदार दल नेकपा एमाले भने आन्तरिक कलहमा अल्झिन पुग्यो ।

९. अदालत

माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका परीक्षार्थीका मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटना विरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। 

१०. एमाले कार्यदल बैठक 

एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) नेतृत्वको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकले विभिन्न प्रदेश, सङ्गठन र निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्ने भएको छ।   

११. केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा 

नेपालको अर्बौं रुपैयाँको केरा खेतीलाई विनाशकारी ‘पनामा रोग’ बाट जोगाउन सरकारले कडा कदम चालेको छ।

१२. उखु किसानका पीडा 

सर्लाहीको धनकौल गाउँपालिका, हटकटवा गाउँका ६० वर्षीय किसान रामदेव कुशवाहा उखु खेती गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप