वास्तुशास्त्रः घरमा यी पाँच दोष भए टिक्दैन पैसा, तनावमा रहन्छन् सदस्य
वास्तु अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा दोष वा गल्ती हुँदा आर्थिक समस्या रहिरहन्छ । घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ । यसबाहेक फोहोर र गह्रुँगो सामान राख्नु अघि तपाईंले वास्तुशास्त्रका केही नियमका पालना गर्नुपर्छ ।
यस्ता छन् वास्तुदोषः
– वास्तुमा उत्तर–पूर्वलाई धन आगमनको दिशा मानिन्छ । यो दिशामा गह्रुँगो सामान र फोहोर राख्दा धन आगमनमा हानी हुन्छ र घरमा पैसा टिक्न पाउँदैन ।
– उत्तर–पश्चिम दिशामा अँध्यारो हुनु हुँदैन । यो दिशाको सिधा सम्बन्ध पैसासँग हुन्छ । घरको यो कुनामा अँध्यारो हुँदा पैसा खर्च भइरहन्छ ।
– वास्तुका अनुसार दक्षिणलाई यमको दिशा मानिन्छ । यो दिशामा ढोका राख्नु हुँदैन र पैसा, गरगहनालगायतका आफ्ना सम्पत्ति केही पनि संचय गर्नु हुँदैन ।
– घरका मूलीको कोठा दक्षिण–पूर्व दिशामा नुहँदा घरमा आर्थिक समस्या आइरहन्छ ।
– उत्तर–पूर्व दिशामा किचन हुँदा घरको आर्थिक स्थिती गडबड हुन थाल्छ । यसका साथै घरका सदस्य बिरामी हुन्छन् र पैसा खर्च हुन थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !