वास्तुशास्त्रः तपाईंको दुर्भाग्य क्याकटसले हटाउँछ, सफलतामा पनि बाधा हुनेछैन
वास्तुशास्त्रका अनुसार घरमा क्याकटस रोप्न निषेध गरिन्छ किनभने यसबारे निष्कासन हुने नकारात्मक शक्तिले तपाईं र तपाईंको परिवारलाई प्रभावित गर्छ । यसको अशुभ प्रभावले व्यापार, व्यवसाय, जागिरमा रोकावट आउँछ र भाग्यले साथ दिँदैन । तर यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा छ र दक्षिण–पश्चिम दिशामा छ भने यसले तपाईंको सफलताको मार्ग प्रशस्त गर्छ । यसका साथै तपाईंको घरको रोग र तनाव हटाएर दुर्भाग्यलाई आउनबाट जोगाउँछ ।
सफलतामा रोकावट आइरहेको छ भनेः
घरको दक्षिण–पश्चिम दिशामा क्याकटस वा कुनै काँडा भएका बोट लगाइएको छ भने त्यसमा दुध र पानी हाल्नुपर्छ । यस्तो गर्दा तपाईंको सफलतामा आइरहेको रोकावट हटेर जान्छ । जागिर, व्यापार–व्यवसायको समस्या पनि टाढा हुन्छ ।
तनाव वा कुनै डर छ भनेः
तनावमा हुनुहुन्छ भने साती सुत्नुअघि तामाको भाँडा वा कुनै लोटामा पानी भर्नुहोस् । बिहान कसैसँग कुरा नगरी उक्त पानी क्याकटसमा हाल्नुहोस् । यसले तपाईंको डर र तनाव समाप्त हुन्छ ।
घरमा झगडा वा रोग हुँदाः
घरको सदस्यमा आपसी विवाद हुन्छ भने वा कोही न कोही बिरामी भइरहन्छन् भने तामाको भाँडामा पानी भरेर घरभरी घुमाउनुहोस् । पूर्वबाट सुरु गरेर क्लक वाइज दक्षिण, पश्चिम र उत्तरसम्म जानुहोस् । त्यसपछि घरभन्दा टाढा दक्षिण–पश्चिम दिशामा कुनै क्याकटसमा त्यो पानी हाल्नुहो् । यसो गर्दा घरको समस्या बिस्तारै हट्दै जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई