शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी व्यक्तिबाट सिक्नुहोस् पैसा बचाउने र सम्पत्ति जोड्ने तरिका

बिहीबार, ०६ मङ्सिर २०७५, ०८ : १७
बिहीबार, ०६ मङ्सिर २०७५

बीबीसी /टिम म्याकडोनल्ड

२५ वर्षका क्रेग क्योरलोप अवकाशको तयारीमा छन् । निकै थोरैमा गुजारा गर्ने जुन दर्शनमा उनी चलिरहेका छन् त्यसले उनलाई छिटै नै अवकाशको योग्य बनाउँदैछ ।  

उनलाई आशा छ कि २८ वर्षसम्म उनी अवकाशको लायक बन्नेछन् ।

क्योरलोप अमेरिकाको कोलोराडोस्थित डेनवरमा बस्छन् । उनी लोकप्रिय भइरहेको फायर आन्दोलनका सदस्य हुन् । फायर (FIRE- Financial Independence, Retire Early)  को लक्ष्य हो वित्तिय स्वतन्त्रता, चाँडै नै अवकाश ।

यो आन्दोलनका समर्थक कञ्जुस भएर जीवन बिताउँछन् र धेरैभन्दा धेरै पैसा जोगाउने कोसिस गर्छन् ता कि उनीहरु चाँडै नै अवकाश लिन योग्य बनून् ।

क्योरलोपले २८ वर्षको उमेरमा अवकाश लिने लक्ष्य तय गरेका छन् ।

आफूसँग सबैकुरा हुँदा पनि कुनै पनि कुराको प्रयोग नगर्ने – यो दर्शन क्योरलोपको जिन्दगीको हरेक पाटोमा देखिन्छ ।

आम्दानी बढाउः

बचत बढाउनका लागि यी व्यक्तिले आफ्नो बेडरुमसमेत भाडामा दिएका छन् । उनी विगत एक वर्षदेखि बैठक कोठामा सुतिरहेका छन् ।

क्योरलोप व्यवसायिक रुपमा वित्तिय विश्लेषक हुन् । उनी भन्छन्, ‘मलाई लाग्छ कि जुन रणनीति अपनाएर मैले बचत गरिरहेको छु त्यसले मलाई २८ वर्षको हुँदासम्म तलबको जागिर छोड्न सक्षम हुनेछु ।’

अफिस जान साइकलको प्रयोगबाट उनले बचतको सुरुवात गरे । उनले आफ्नो कार पनि भाडामा दिए ।

उनी भन्छन्, ‘म कारले हरेक महिना चार सयदेखि सात सय डलर कमाउँथे । आउजाउ मानिसका लागि दोस्रो ठूलो खर्च हो ।’

क्रेग क्योरलोपको रणनीति निकै स्पष्ट छ । ‘कुनै सम्पत्ति त्यतिबेला सम्पत्ति हो जसबाट तपाईंले पैसा कमाउन सक्नुहुन्छ ।’

उनी उदाहरण दिँदै भन्छन्, ‘तपाईं कुनै घर किन्नुहोस् र त्यसलाई भाडामा लगाउनुहोस् । यदि भाडाबाट हुने आम्दानी ऋणको ब्याजभन्दा धेरै छ भने हरेक महिना सय डलर वा दुईसय डलर वा हुनसक्छ हजार डलर तपाईंको पकेटमा आउनथाल्छ ।’

अहिले उनी आम्दानी बढाउने सम्पत्ति जोड्ने सोचमा छन् । उनी भन्छन्, ‘आम्दानी यति हुनुपर्छ कि तपाईंको सबै प्रकारको खर्च पूरा गर्न सकियोस् ।’

‘जुन दिन यो लक्ष्य पूरा हुन्छ, त्यो दिन जो पनि व्यक्ति रिटायर हुन लायक बन्न सक्छ,’ उनी भन्छन् ।

बेडरुम पनि भाडामाः

क्योरलोपले घर खरिद गरे र त्यसको चारवटा कोठा भाडामा दिए र आफ्नो लागि फाइदाको प्रबन्ध मिलाए ।

घरको एउटा कोठा उनले आफूसँगै काम गर्ने व्यक्तिलाई भाडामा दिएका छन् । ती व्यक्तिसँग उनले सात सय डलर भाडा लिन्छन् ।

उनको अर्को कोठा पनि प्रति महिना सात सय डलरको भाडामा छ । कारपेटका लागि उनी ५० डलर छुट्टै लिन्छन् र त्यसको बदलामा कभर भएको पार्किङ दिन्छन् ।

क्योरलोप चार कोठा भएको घरबाट तीन हजार एकसय डलर भाडा लिन्छन् । घर खरिद गर्नका लागि उनले जुन ऋण लिएका थिए त्यसको दुई हजार डलर ब्याज दिन्छन् ।

भान्छामा पनि उनी आफैं काम गर्छन् । दैनिकको खर्चमा पनि बचतको तरिका खोज्नु महत्वपूर्ण हुन्छ ।

‘तपाईंको तलब बढ्छ । बोनस पाउनुहुनेछ । तपाईं बाहिर जानुहुन्छ र त्यो पैसा खर्च गर्नुहुन्छ । तपाईं आफ्नो जीवनशैलीलाई माथि उठाउनुहुन्छ । म यस्तो कुरा गर्ने कोसिस नै गर्दिनँ ।’

उनलाई आशा छ कि अर्को वर्षमा उनीसँग भाडाको यति पैसा हुनेछ कि उनका लागि काम गर्न बाध्यता हुनेछैन ।

उनी भन्छन्, ‘तपाईं त्यो स्थितीमा हुनुहुनेछ कि तपाईं आफ्नो जागिर छोड्न सक्नुहुन्छ र आफ्नो सम्पत्तिमा निर्भर हुनुहुनेछ । हामी यसलाई वित्तिय स्वतन्त्रता भन्छौं ।’

‘अहिले म २५ वर्ष पुगेको छु । एक महिनापछि २६ को हुन्छ । दुई वर्षभित्र म निश्चित रुपमा अवकाश लिन योग्य हुनेछु,’ उनले आत्मविश्वासका साथ भने ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप