बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिलो डेटमा कसले बिल तिर्ने, महिला वा पुरुष ?

आइतबार, १६ मङ्सिर २०७५, १२ : ०४
आइतबार, १६ मङ्सिर २०७५

बीबीसी

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।

उनले भन्थिन्, ‘धेरै पुरुषले यो सोच्नेछन् कि तपाईंले यसको बदलामा केही दिनैपर्छ ।’

मलाई थाहा थियो, मेरी आमाले मेरो मनमा कुनै घृणा पैदा गर्न चाहन्नँथिन् । तर जतिबेला म कोही नयाँ व्यक्तिलाई भेट्थें, उनको सल्लाह सुनेर मलाई रिस उठ्थ्यो ।

डेटिङका बेला पाँच डलर पर्ने बियरको बिल तिर्दा पुरुषप्रति पैदा हुने कर्तव्यबोधबाट स्वतन्त्र हुन मलाई निकै समय लाग्यो ।

म त्यस्तो युवती हुँ जसले १४ वर्षको उमेरमा डेटिङ गर्न सुरु गरेकी थिएँ । यसकारण एक शानदार साथी खोजी गर्न कस्ता कुराहरु चाहिन्छ त्यसबारे मलाई राम्रोसँग थाहा छ ।

अहिले एप्स र अनलाइन समूदायका कारण मानिसहरुका लागि आफूलाई मनपर्ने साथीसँग डेटमा जानु निकै सजिलो भएको छ ।

तर पहिलो डेटमा बिल कसले तिर्ने भन्ने विषयमा सधैं बहस हुन्छ ।

क्यानडाको टोरोन्टोमा बस्ने २७ वर्षीया लेखिका एन रुचेटोले आमाको सल्लाह पाएको थुप्रै वर्षपछि पहिलो डेटमा पुरुषले नै खानाको बिल तिनुपर्ने निष्कर्ष निकालिन् ।

कसले तिर्नुपर्छ बिल ?

‘महिलाले पुरुषले झैं बराबरीको हक पाउनुपर्छ । हामीले डेटको क्रममा आफ्नो बिललाई आधा–आधा बाँड्नुपर्छ’ । म यस्तो सोच भएकी महिला हुँ ।   

म यस्तो रेष्टरेन्टको खोजीमा हुन्छु जहाँ बिलको आधा रकम चुकाउन सकियोस् ।

तर पाँच वर्षअघि मेरा साथी र शिक्षकले मलाई यस्तो विचारबाट अवगत गराए जसले मेरो सोचलाई चुनौती दियो ।

मैले बेल हुक्स उपनामबाट लेख्ने ग्लोरिया जीन वाटकिंसजस्ता महिलावादी लेखिकालाई पढ्न सुरु गरेँ । उनीहरुलाई पढ्दै गर्दा मैले सोचें कि वर्तमान ढाँचाका कारण समाजमा कसलाई सबैभन्दा धेरै फाइदा भइरहेको छ ।

वाटकिंस र अन्य लेखकलाई पढ्दै गर्दा मैले व्यक्तिगत लेनदेनदेखि हरेक स्तरमा शक्तिको समिकरणले कसरी काम गर्छ भन्ने बारे पनि मैले सोच्न सुरु गरें ।

अत्यधिक खर्चिलो जीवनशैलीः

पुरुषको तुलनामा महिलाको तलब कम हुन्छ । क्यानडामा यदि एक पुरुषको औसत आय एक डलर हुन्छ भने महिलाको औसत आय ०.०९ क्यानडियन डलर मात्र हुन्छ ।

तर यसको अर्थ यो होइन कि हाम्रो जीवनशैली पुरुषको तुलनामा सस्तो छ । कतिपटक महिलाको जीवनशैली पुरुषको भन्दा महँगो हुन्छ ।

महिलाको व्यवहार र रुप–रंगका लागि जे अपेक्षा गरिन्छ त्यसका कारण महिलाले  खर्च गर्नुपर्छ ।

महिला पुरुषभन्दा सहज, समझदार, सजग र मिलनसार हुनुपर्ने अपेक्षा राखिन्छ ।

यतिमात्र होइन, डेटिङका बेला हुने खर्चलाई महिला भर्सेस पुरुषको मद्दा बनाउन सकिँदैन ।

हाम्रो आर्थिक, सामाजिक, लैंगिक र नागरिकताको आधारमा यसबारे  भिन्न अनुभव हुन्छ ।

समानता र समता दुई भिन्न कुरा हुन् । यदि दुई व्यक्तिले समान जुत्ता पाइरहेका छन् भने त्यो समानता हो तर हरेक व्यक्तिले आफ्नो खुट्टामा फिट हुने जुत्ता पाउनु न्यायसंगत हो ।

उत्कृष्ट सम्बन्धका लागि मानिसहरु समता हाँसिल गर्न कोसिस गर्छन् ।

एकपटक म एक पुरुषसँग पहिलो डेटम थिएँ । उनले धेरैजसो समय आफ्नो स्पोर्टस् कार र यात्राको बयान गरेर बिताए ।

त्यसपछि जब बिल तिर्नुपर्ने समय आयो तब उनले बिलको रकम बाँड्नुपर्ने बताए । यो सुनेर म सोचमा परेँ ।

रोचक कुरा के छ भने यस्तो समृद्ध परिवारका ती पुरुषले मेरा साथीहरुबीच आफू महिलावादी भएका कारण खर्च बाँड्नुपर्ने पक्षमा भएको घोषणा गरे ।

पुरुषले चाहे यो कुरा मानून् या नमानून् तर पुरुषको तुलनामा महिलाको तलब थोरै हुन्छ । यतिमात्र होइन, पुरुषले यो पनि मानून् या नमानून्, यसले पुरुषलाई प्रत्यक्ष फाइदा पुर्याइरहेको छ ।

तर पुरुष मेहनत गर्दैनन् वा उनीहरुले नै सधैं बिल तिनुपर्छ भन्न खोजिएको होइन । यदि मभन्दा कम तलब पाउने पुरुषसँग यदि म डेटमा जान्छु भने म बिलको आधा रकम तिर्न तयार छु ।

साथै, यदि पहिलो डेटको बिल तिरेपछि यदि कुनै पुरुषले ममाथि अपेक्षा राखिरहेको छ भने म उनलाई बिल देखाउन सुझाव दिन्छु । त्यसपछि उनीसँग कुनै पनि प्रकारको सम्बन्ध राख्दिनँ ।  

यस्ता पुरातनवादी सोचले बताउँछ कि यस्ता पुरुष महिलाको सम्मान र उनीहरुको सहमतीलाई महत्व दिँदैनन् ।

शक्तिको असन्तुलनलाई चुनौतीः

मैले अहिलेसम्म महिला र पुरुष दुबैलाई डेट गरिसकेको छु । तर जब म कुनै महिला वा लैंगिक–विविधता भएका व्यक्तिसँग डेटमा जान्छु तब हामी बिल तिर्नका लागि झगडा गरिरहेको पाउछौँ । यसमा मलाई हाँसो लाग्छ ।

म आफ्ना साथी ज्याकसँग पछिल्लो एक वर्षदेखि सँगै छु । जब उसले मलाई आफू जनावर प्रेमी हो भन्दै उनका साथीबारे, श्रम अधिकारबारे कुरा गरे  तब मलाई निकै राम्रो लाग्यो । हाम्रो पहिलो डेटमा उनैले बिल तिरेका थिए र दोस्रो भेटमा मैले ।

अहिले हामी बाहिर घुम्न जाँदा वा एक अर्काको घरमा जाँदा आफ्नो क्षमताको आधारमा खर्च बाँड्छौं ।

भविष्यमा यो परिवर्तन हुनसक्ला तर हामीबीच एक सन्तुलन कायम भएको छ । हाम्रो उद्देश्य यो हो कि हामी दुबै सम्मानित महसुस गरौं र कसैलाई पनि आफ्नो फाइदा उठाइँदै छ भन्ने नलागोस् ।

हामी राम्रा मानिसहरुसँग समय बिताउन चाहन्छौं भने शक्तिको असन्तुलनलाई चुनौती दिनु प्रत्येक सम्बन्धको लागि अत्यावश्यक हुन्छ ।

पहिलो डेटमा कसले पैसा खर्च गर्नेछ, त्यसले सम्बन्धका नियम निर्धारण गर्दैन ।

डेटपछि जब मानिसबीच एक तालमेल बन्छ तब मानिसहरु त्यो समिकरणको खोजी गर्न सक्छन् जुन दुबैको दष्टिकोणमा ठिक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप