शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माघे सक्रान्तिमा खिचडी खानुका यस्ता छन् चकित पारिदिने फाइदा

सोमबार, २३ पुस २०७५, ०९ : ५५
सोमबार, २३ पुस २०७५

माघे सक्रान्तिमा घिऊ, चाकु, तरुल, तिलको लड्डुका साथै खिचडी पनि खाने प्रचलन छ । घिउ, चाकु खानुको महत्व छुट्टै छ तर खिचडी खाँदा स्वास्थ्यमा यस्ता फाइदा पुग्छन् सायद तपाईंलाई थाहा नहोला ।

धेरैजसो मानिसले खिचडीलाई जाउलोजस्तै ठानेर यो बिरामीले खाने खाना हो भन्ने सोच्लान् तर यो खाँदा तपाईंको शरिरमा फाइदा नै फाइदा हुनेबारे तपाईंले बुझ्नुपर्छ ।

यदि तपाईं शुद्ध शाकाहारी हुनुहुन्छ भने योभन्दा राम्रो खाना तपाईंका लागि केही हुनसक्दैन । एकातर्फ खिचडी बनाउन निकै सजिलो छ भने यस्तै अर्कोतर्फ यसमा ती सबै पौष्टिक तत्व पाइन्छन् जुन तपाईंको शरिरलाई आवश्यक हुन्छ ।

चामल र केही दाललाई मिसाएर बनाइने खिचडी एक सुपाच्य भोजन हो । हुन त खिचडीमा मसलाको प्रयोग शून्य बराबर हुन्छ तर तपाईंले चाहेको खण्डमा स्वादका लागि चुट्कीभर मसलाको प्रयोग गर्न सक्नुहुन्छ । खिचडीमा दही मिसाएर खाँदा यसको स्वाद दोब्बर हुन्छ ।

खिचडी खानुका यस्ता छन् चकित पारिदिने फाइदाः

१. पोषक तत्वले भरपुरः

तपाईंकी आमा वा हजुरआमाले पनि खिचडीको फाइदाबारे बताउनुभएको होला । खिचडी कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याग्निशियम, पोटाशियम र फस्फोरसको गुणले भरपुर हुन्छ । यदि तपाईं चाहनुहुन्छ भने यसमा विभिन्न प्रकराको सागसब्जी मिसाएर पनि यसको पोषक तत्वलाई थप वृद्धि गर्न सक्नुहुन्छ ।

२. पचाउन सहजः

खिचडीमा मसलाको प्रयोग गरिँदैन न नै यसमा त्यति धेरै तेल वा घ्यूको प्रयोग नै गरिन्छ । त्यसकारण यो निकै सजिलै पच्छ । यदि तपाईंको पाचन तन्त्र कमजोर छ भने खिचडी तपाईंका लागि सबैभन्दा फाइदाजनक हुन्छ ।

३. शरिरलाई रोगबाट सुरक्षित राख्न सहयोग गर्छः

खिचडीको नियमित सेवनले पित्त र कफको समस्या टाढा हुन्छ । खिचडीले शरिरलाई ऊर्जा दिने काम त गर्छ नै साथै यसले रोग प्रतिरक्षा तन्त्रलाई पनि बढाउने काम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप