शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरुष यौनाङ्ग देख्दा डरलाग्ने अचम्मको समस्या

मङ्गलबार, ०८ माघ २०७५, १५ : ००
मङ्गलबार, ०८ माघ २०७५

 

कसैकसैलाई लिंग उत्तेजित हुँदा, उत्तेजित भएको देख्दा वा त्यसको बारेमा सोच्दा पनि अत्यन्तै डर लागेर आउँछ। यो एउटा विचित्रको फोबिया हो।

सामान्यतः वास्तविक जीवनमा कुनै हानी क्षति नपुर्याउने तर त्यही कुराले आफूलाई हानी–नोक्सानी गर्छ भन्ने भावना जागृत भएर त्यस काल्पनिक अवस्थाबाट डराउने, भयभीत हुने अवस्थालाई फोबिया भनेर बुझ्न सकिन्छ। त्यस्ता फोबिया जेसुकै वस्तु र जुनसुकै अवस्थाबाट पनि हुन सक्छ। कतिसम्म भने कसैकसैलाई उत्तेजित लिंग उत्तेजित हुँदा, भएको देख्दा वा त्यसको बारेमा सोच्दा पनि अत्यन्तै डर लागेर आउँछ। यो एउटा विचित्रको फोबिया हो। यस फोबियालाई इथिफालोफोबिया (Ithyphallophobia)  भनिन्छ।

यो फोबियाले आक्रमण गरेको बेला त्यस्तो व्यक्तिमा निम्न लक्षणहरु देखापर्न सक्छ :

सास फेर्न कठिनाई हुन्छ, चिटचिट पसिना आउन थाल्छ, वान्ता हुन्छ, मुख सुक्छ, बिरामी भएको अनुभूति हुन्छ, काम्न थाल्छ, मुटुको धड्कन बढ्छ, प्रष्ट बोल्न सकदैन, मर्छुको भनेर डराउँछ, शरीरमाथिको नियन्त्रण गुमाउँछ र उसको अवस्था खस्कन थाल्छ। 

उत्तेजित लिंगले कुनै खतरा हुँदैन भन्ने कुरा सामान्य अवस्थामा फोबियाग्रस्त मानिसलाई राम्ररी थाहा हुन्छ। तर यो फोबियाले आक्रमण गरेपछि उसले लिंग उत्तेजित हुनु भनेको अत्यन्तै साधारण र सामान्य शारीरिक प्रक्रिया हो भन्ने कुरा भुल्छ। उसले त्यसैलाई सबैभन्दा खतरनाक र डरलाग्दो वस्तुको रुपमा लिन थाल्छ।

उत्तेजित लिंगले कुनै खतरा हुँदैन भन्ने कुरा सामान्य अवस्थामा फोबियाग्रस्त मानिसलाई राम्ररी थाहा हुन्छ। तर यो फोबियाले आक्रमण गरेपछि उसले लिंग उत्तेजित हुनु भनेको अत्यन्तै साधारण र सामान्य शारीरिक प्रक्रिया हो भन्ने कुरा भुल्छ। उसले त्यसैलाई सबैभन्दा खतरनाक र डरलाग्दो वस्तुको रुपमा लिन थाल्छ। जसले माथि लेखिएका लक्षणहरुमध्येका थुपै्र लक्षणहरु देखिएर उसको जीवननै खतरामा पर्ने स्थिति पैदा हुन्छ।

उत्तेजित लिंगबाट डर लाग्ने अर्को फोबिया मेडोरथोफोबिया (Medorthophobia)  पनि हो। यस फोबियामा पनि फोबियाग्रस्त पुरुष वा महलिालाई उत्तेजित लिंग देख्दा, त्यसबारे कल्पना मात्रै आउँदा वा पुरुषको हकमा आफ्नै लिंग उत्तेजित हुँदा पनि अत्यन्तै डर लागेर आउने गर्छ। पुरुषले आफ्नो लिंग उत्तेजित हुँदा त्यसले महिलाहरुलाई गलत सन्देश संप्रेषित भइरहेका छ भन्ने कल्पनाबोधले भयभीत बन्न पुग्छन्। महिलाहरु चाहिँ आफूले देख्ने नहुने कुरा देखियो भन्ने कुराले अत्यन्तै भयग्रस्त बन्न पुग्छन्।

यस्तो फोबियाको जड चाहिँ बाल्यकालमा फोबियाग्रस्त व्यक्तिहरुलाई तिनका अभिभावकहरुले यौन भनेको गलत कुरा हो भन्ने कुरा थोपर्नु पनि एक हो भनी विज्ञहरु बताउँछन्। सही यौन ज्ञानको अभाव र बाल्यकालमा यौनप्रति सिर्जित गलत धारणाका कारण यस्तो फोबियाग्रसितहरुमा लिंग उत्तेजित हुनु वा त्यो देख्नु भनेको पाप हो, त्यसले अभिभाविकले सिकाएको कुराको बर्खिलाप गर्छ भन्ने भय उनीहरुमा पलाउँछ।  त्यसैगरी यौनलाई बर्जित गर्ने कतिपय धार्मिक भावनाले पनि यसमा भूमिका खेल्न सक्छ।

यस्ता फोबियाग्रसित व्यक्तिहरुलाई त्यो फोबियामा मुक्त गराउने प्रभावकारी उपाय भनेकै उसको डर साम्य पार्ने किसिमको सरसल्लाह प्रदान गरिरहुन पर्छ। यो निरन्तर चलाइनु पर्ने र लामो समय लाग्ने प्रक्रिया हो। विशेष गरेर फोबियाग्रस्त व्यक्तिको मनभित्रबाट उत्तेजित लिंग खतरनाक कुरा हो भन्ने डरलाई निकाल्न त्यो स्थितिसँग बारम्बार साक्षात्कार गराउने र उसको मनमा त्यो सामान्य प्रक्रिया हो भन्ने तथ्य बलियोसँग स्थापित गराउन बारम्बार सल्लाह प्रदान गरिराख्नु पर्छ।

विशेष गरेर जे वस्तुसँग डर लागेको हो, त्यसैसँग साक्षात्कार गराएर त्यसप्रतिको डरलाई विस्तापित गर्ने हिप्नोथेरापीको यो माध्यमबाट मानिसमा जरो गाडेको फोबियालाई कम गर्न र हटाउन सकिन्छ। यो भनेको साइकोथेरापीकै एक हिस्सा हो, जसमा उसको चेतना मष्तिष्कबाट लुकेको डर, चिन्ता, अनुभूति र स्मरणहरुलाई निश्कासन गर्ने काम गरिन्छ। यसअन्तर्गत पनि सुझाव थेरापी र विश्लेषण पर्दछ। सुझाव थेरापी अन्तर्गत पीडितलाई सुझावहरु सुन्न सक्ने बनाइन्छ। फलतः फोबियाले आक्रमण गरेको बेलामा पनि त्यो व्यक्तिले आफ्नो वरिपरिका व्यक्ति वा उपचारकले भनेका कुराहरु सुन्न र ग्रहण गर्न सक्ने हुन्छन्। त्यसै गरी विश्लेषण थेरापी अन्तर्गत चाहिँ सामान्य भए अवस्थामा पीडित व्यक्तिसँग छलफल, सरसल्लाह र अन्तर्क्रिया गरेर फोबियाको जड कारणहरु विश्लेषण गर्ने र पत्ता लगाउने कोशिश गरिन्छ। त्यसरी फोबियाका जड कारण पत्ता लागेपछि त्यसअनुसार त्यसको समुचित उपचार पनि गर्ने गरिन्छ।

स्रोतः www.phobiasource.com

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चन्द्र खाकी
चन्द्र खाकी
लेखकबाट थप