स्कूलमा प्रधानाध्यापक विद्यार्थीसँगै नाच्न थाले, भाइरल भयो भिडियो
एक स्कूलमा प्रधानाध्यापक विद्यार्थीसँगै नाचिरहेको भिडियोले सोसल मिडियामा निकै चर्चा बटुलिरहेको छ । कालो पहिरन लगाएका प्रधानाध्यापक हातमा माइक बोकेर निकै उत्साहका साथ विद्यार्थीसँग तालमा ताल मिलाएर नाचिरहेको देख्न सकिन्छ । यो घटना चीनको एक स्कूलको हो ।
यो भिडियोले सोसल मिडियामा थुप्रै मानिसहरुको मन जितेको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार ४० वर्षका प्रधानाध्यापक झांग पेंगफोईले आफैंले नाच्न सिकेका हुन् र विद्यार्थीहरुलाई पनि सिकाउने कोसिस गरे ।
शांझीको लिनयी काउन्टीस्थित जी गुआन प्राइमरी स्कूलका प्रधानाध्यापकका अनुसार विद्यार्थीले अत्यधिक व्यायाम गर्नुपर्छ त्यसकारण डान्स गराउने निर्णय गरिएको हो ।
यो भिडियोलाई फेसबुकमा ११ लाख बढीले सेयर गरेका छन् भने ४८ हजार बढीले यसमा कमेन्ट गरेका छन् । तीमध्ये धेरैले प्रधानाध्यापकको यो कदमको तारिफ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द