नेविसंघले जलायो कास्कीका जिल्ला शिक्षा अधिकारीको गाडी
शनिबार, १९ माघ २०७५, १२ : २३

कास्की– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीका कार्यकर्ताले एक सरकारी गाडीमा आगजनी गरेको छ ।
शनिबार बिहान नेविसंघका कार्यकर्ताले कास्कीका जिल्ला शिक्षा अधिकारीको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
संघको केन्द्रीय कार्यसमितीले निकालेको विज्ञप्ति अनुसार आज देश भरका सरकारी गाडी चल्न रोक लगाइएको थियो ।
जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद सुवेदीले आफूहरुको रोकलाई अवज्ञा गरेकाले गाडीमा आगजनी गर्ने बाध्य भएको नेविसंघ कास्कीका जिल्ला अध्यक्ष परशुराम बस्नेतल बताए ।
गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । दमकलले आगो निभाइएको भए पनि गाडी जलेर पूर्णरुपमा ध्वस्त बनेको छ।
आगो लगाउने नेविसंघका कार्यकर्ता मोटरसाइकल चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता