शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी भाषा प्रशिक्षकलाई सहज प्रवेशाज्ञा दिन आग्रह

मङ्गलबार, २२ माघ २०७५, २० : ४६
मङ्गलबार, २२ माघ २०७५

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आज शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटी नेपालका विद्यालयमा अङ्ग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयम्सेवकलाई प्रवेशाज्ञाको प्रक्रिया सहज बनाई दिन आग्रह गरेका छन् । 

राजदूत बेरीले सन् १९६२ मा स्थापना भएको लिङ्कन स्कूलमा अङ्ग्रेजी भाषा पढ्न चाहने विद्यार्थीलाई सहज वातावरण मिलाई दिन पनि अनुरोध गरेका हुन् । 

सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासका लागि अमेरिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । 

मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आएकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै सहयोगको निरन्तरताको अपेक्षा गरिएको बताए । 

नेपालका विद्यार्थीले फुलब्राइट छात्रवृत्तिमार्फत अमेरिकामा उच्च शिक्षाका अवसर, नेपालका विद्यालयमा अङ्गे्रजी भाषाको प्रवद्र्धनका लागि पिसक्रप्स भोलेन्टियर र भूकम्पपछिको विद्यालय पुनःनिर्माणमा प्राप्त अमेरिकी सहयोगको मन्त्री पोखरेलले प्रशंसा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप