ROSE DAY: कुन रङको गुलाब के को प्रतिक ?
प्रेम दर्साउन कुनै विशेष अवसर पर्खिनु पर्दैन । तर यस्ता केही विशेष अवसर हुन्छन् जहाँ प्रेमबारे राम्रै चर्चा हुने गर्छ । हरेक वर्ष फेब्रअरी १४ तारिखमा पर्ने भ्यालेन्टाइन डे आउन अब हप्ता दिन मात्रै बाँकी छ तर यसअघि पनि विभिन्न ‘डे’ मनाइन्छन् । यसै क्रममा आज ‘रोज डे’ परेको छ । यसको अवसरमा हामी तपाईंलाई गुलाबका विभिन्न प्रतिकबारे जानकारी दिन्छौं ।
रातो गुलाबः प्रेम, शान्ति र क्षमताको प्रतिक
भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो गुलाबको आदान–प्रदान हुन्छ । यसलाई प्रेमको प्रतिकको रुपमा हेरिन्छ । रातो गुलाब प्रेम र मनोभावनाको प्रतिक पनि हो ।
गुलाफी गुलाबः मित्रता र मुटुको धड्कनको प्रतिक
यदि कसैले तपाईंलाई भ्यालेन्टाइन डेमा गुलाफी गुलाब दियो भने तपाईंले बुझ्नुहोस् कि ती व्यक्तिले तपाईंलाई ‘मेरो मुटुको धड्कन तिम्रो लागि बाँचिरहेको छ’ भनिरहेका छन् । गुलाफी गुलाब मित्रता र मुटुको धड्कनको प्रतिक हो । गुलाफी रङको गुलाबले सुन्दरता जनाउँछ र हल्का गुलाफी रङको गुलाबको अर्थ भने सहानुभुती र गाढा गु गुलाफी रङलाई भने कृतज्ञतासँग जोड्ने गरिएको छ ।
पहेँलो गुलाबः मित्रता
पहेँलो गुलाब मित्रताको प्रतिक हो । भ्यालेन्टाइन डेको दिनमा खासै आदानप्रदान नुहुने यो रङको गुलाब फ्रेन्डशिप डेमा भने जमेर प्रयोग गरिन्छ ।
सेतो गुलाबः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक
सेतो गुलाब साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो । कसैले चोखो मनले माया गरेको छ भने सेतो गुलाब उपहारको रुपमा रोज्छन् । सेतो रङको गुलावको अर्थ भने शुद्धता सरलता र शान्तिसँग जोडिन्छ ।
कालो गुलाबः बिदाईको प्रतिक
कालो गुलाब बिदाईको प्रतिक हो । यो रङको गुलाबले माया मरिसकेको दर्साउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार