कर नतिर्ने १३१ व्यवसायी आन्तरिक राजस्वको फन्दामा, १५ दिनभित्र नतिरे कारबाही, को–को परे ?

काठमाडौं–आन्तरिक राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता गरेको छ ।
आज एक सूचना प्रकाशित गरेर आन्तरिक राजस्व कार्यालय बाँकेले आयकर र मूल्य अभिवृद्धिकरमा दर्ता भएका बाँके र बर्दियाका ंं१३१ व्यापारी तथा व्यवसायीलाई १५ दिनभित्र बक्यौत कर तिर्न भनेको छ । १५ दिन भित्र नतिरे उनीहरुलाई कारबाही गरिने आन्तरिक राजस्व कार्यालय बाँकेले जनाएको छ ।
उनीहरुलाई कार्यालयले पटक-पटक पत्राचार तथा फोन गर्दा समेत बक्यौता रकम दाखिला गर्न नआएको र कतिपय करदाता सम्पर्कमा समेत नआएकाले उनीहरुको नाम प्रकाशित गरेर कार्यालयले सूचना नै जारी गरेको छ ।
१५ दिनभित्र कर तिर्न नआए ती व्यवसायीको आयात निर्यात रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने, चल/अचल सम्पत्ति रोक्का तथा लिलाम बिक्री गरी कानुनी कारबाही गरिने जनाइएको छ ।
सरकारले पछिल्लो दिनमा कर नतिर्नेलाई सार्वजनिक सूचना जारी गदै ताकेता गर्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य