शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेट गाला २०१९ः संसारकै महँगो टिकटको सम्मेलनमा सेलिब्रिटीको रेड कार्पेट लुक

मङ्गलबार, २४ वैशाख २०७६, १० : ३६
मङ्गलबार, २४ वैशाख २०७६

संसारको सबैभन्दा महँगो टिकटको सम्मेलनको रुपमा चिनिने मेट गाला २०१९ मा विश्वभरका सेलिब्रिटीहरुको सहभागीता रहेको छ । सोमबार उनीहरुले आकर्षक फेसनको प्रस्तुती रेड कार्पेटमा बिछ्याइसकेका छन् ।

मेट गालालाई संसारको सबैभन्दा ठूलो फेसन सम्मेलन पनि भनिन्छ । यो सम्मेलन आफ्ना पाहुना, अत्यधिक महँगो टिकट र असाधारण पहिरनका लागि अत्यधिक चर्चित छ ।

प्रत्येक वर्ष विभिन्न थिम स्थापित गरिन्छ । यसवर्षको थिम ‘क्याम्पः नोट्स अन फेसन’ हो । मेटमा अयोजना हुन लागेको प्रदर्शनीलाई ध्यानमा राखेर योे थिम राखिएको बताइएको छ । उक्त प्रदर्शनी सन् १९६४ मा सुसन सोन्ट्यागले लेखेको निबन्ध ‘नोट्स अन क्याम्प’ सँग प्रभावित छ ।

त्यसकारण यो वर्षको पहिरन उक्त प्रदर्शनीजस्तै हुनेछ जुन ‘व्यंग्य, हास्य, कृत्रिमता, चलाखी, बनावटीपन, अतिरञ्जन’ मा आधारित हुनेछन् ।

र यी सबैलाई एकैपटक कसरी अपनाउन सकिन्छ  भनेर कार्यक्रमकी पहिलो सेलिब्रिटी लेडी गागाले देखाइन् । सुरुमा गागा चम्किलो गुलाबी पहिरनमा रेड कार्पेटमा प्रवेश गरिन् ।

त्यसपछि उनले उक्त लुगा खोलिन् र आफ्नो दोस्रो पहिरन देखाइन् । उनले गुलाबी पहिरन भित्र कालो गाउन लगाएकी थिइन् ।

त्यसपछि त्यो पनि फुकालेर साइड लगाइयो । गागाको तेस्रो पहिरन थियो ‘स्लिम फिटिङ पिंक गाउन’ ।

त्यसपछि उनले त्यो पनि फुकालिन् र आफ्नो अन्तिम पहिरन देखाइन् ।

सेरेना विलियम्सले जुत्ता र गाउनलाई म्याचिङ गराएकी थिइन् ।

जानेले मोनाले एकैपटक चारवटा ह्याट लगाएकी छिन् ।

केन्याकी नायिका लुपिता न्योङ्गो क्यामरा अगाडि मुस्कुराउँदै

नायक माइकल उरीले एकैपटक दुईवटा लुक अपनाएका छन् ।

नायक इज्रा मिलरले निकै उत्कृष्ट मेकअप आर्ट देखाएका छन् ।

केटी पेरीले झुमरको अवतारमा देखिएकी थिइन् ।

रियालिटी टिभी परिवार कार्दासियन यसवर्ष यस्तो पहिरनमा देखिए ।

नवविवाहित प्रियंका चोपडा र निक जोनस सन् २०१७ मा पहिलो पटक मेट गालामै भेटेका थिए ।

निकका दाइ जोइ र उनकी श्रीमती, गेम अफ थ्रोन्सकी सोफी ट्युमर

बलिउड नायिका दीपिका पादुकोणको बार्बी लुक

ल्याभेर्नी कक्स कालो पहिरन र बोल्ड मेकअपमा

ह्यारी स्टाइल्सले कालो टप र हाई वेस्ट ट्राउजर लगाएका थिए

गुची फेसन हाउसका एलेसान्द्रो माइकल

गायक बिली पार्टर

थिएटरका मालिक जोर्डन रोथले आफ्नो पहिरनमा पूरा थिएटर नै अटाएका छन् ।

सेलिन डियोन

नायक जार्ड लेतो

अमेरिकी ड्र्याग क्विन आक्वारिया

नायिका यारा साहिदी

मेट गालाकी मुख्य होस्ट एवं भोगकी सम्पादक एना विन्तोर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप