शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरादेखि न्याय खोज्दै सिंहदरबार आइन् चित्रा !

बिहीबार, ०२ जेठ २०७६, १७ : १५
बिहीबार, ०२ जेठ २०७६

पोखरा – चित्राका समस्या गहिरा छन् । त्यो भन्दा गहिरो उनको हृदयमा बसेको खत छ । बद्नामी हुनु परेको पीडाले उनलाई पिरोल्छ । गत बैशाख २२ गते रातोपाटी डटकममा एउटा समाचार छापियो । समाचारको शीर्षक थियो ‘नखाएको विष पनि लाग्ने रहेछ’ । 

समाचार प्रकाशित भएपछि जिल्ला मालपोत कार्यालय कास्कीले उनलाई सिंहदरबार पठायो । मालपोत कार्यालयको सुझाव अनुसार न्याय खोज्दै उनी सिंहदरबारको ढोका ढकढकाउन पुगिन् । ‘न्याय खोज्दै काठमाडौंसम्म पुगें । ३ महिनापछि तपाईंको समस्या समाधान हुन्छ भन्नु भएको छ, हेरौं के हुन्छ ?’ उनले भनिन् ।  सिंहदरबारले न्याय दिन्छ कि भन्ने आश छ उनलाई । 

‘सम्पत्ति त गयो गयो । इज्जत पनि गयो,’ रातोपाटीसँग दुखेसो पोख्दै उनले भनिन्, ‘जीवनभर साथ दिन्छु भन्ने साथी पनि गए । तर अब भने न्याय पाउँछु कि भन्ने आश जाँगेको छ ।’ उनी थप्छिन्, ‘हाकिम सावहरुले पनि हुन्छ भन्नु भएको छ । अब त होला नि !’ 

जिल्ला मालपोत कार्यालय कास्कीका कार्यालय प्रमुख ज्ञानराज पाण्डेका अनुसार जग्गाको नयाँ नक्सा कायम भएको हुनाले समस्या परेको हो । अर्को समस्या, चित्राको जग्गा भएको ठाउँ आसपासमा सुबुम्बासी परिवारको वस्ती छ । 

साविकको छिनडाँडा गाविस हाल पोखरा महानगरपालिका १७ मा पर्ने जग्गा (सेती नदी किनार)मा करिब २÷३ सय सुकुम्बासीको परिवार छ । ‘एक त नदी किनारको जग्गा । त्यसमाथि सुकुम्वासी वस्तीको बाहुल्यता,’ उनले भने, ‘सरकारले नयाँ नक्सा कायम गरेको हुनाले पनि जग्गा यताउति भएको हो ।’ बर्खायाममा नदीको बहाब बढ्ने हुनाले जग्गा कटानमा पर्ने गरेको उनले सुनाए । 

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको काम भएको हुनाले पनि केही गर्न नसकेको उनले प्रस्ट्याए । ‘हाम्रो अधिकार क्षेत्रभित्र नपर्ने हुनाले पनि हामीले केही गर्न मिल्दैन,’ उनले भने, ‘प्रतिवेदन बनाएर पठाएका छौं । माथिबाट के आदेश आउँछ त्यहीअनुसार गछौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप