राजपा २ केन्द्रीय सदस्य जेल चलान
पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल आज पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका छन् ।
किर्ते गरी उपभोक्ता समिति गठन गरेको तथा सरकारी कागजात किर्ते गरेको मुद्दामा उनीहरु थुनामा परेका हुन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको एकल इजलाशले यादव र मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अग्निसाइर कृष्णासवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि किर्ते गरी उपभोक्ता समिति बनाएको र सरकारी कार्यालयको कागजात किर्ते गरेको अभियोगमा दुवै जनामाथि एक महीनाअघि सप्तरी प्रहरीले अनुसन्धान थालेको थियो ।
यसैगरी सोही प्रकरणमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत रु चार लाख धरौटीमा रिहा भएका छन् ।
पक्राउ परेका रुपनी गाउँपालिका–६ का रामानन्द ठाकुर र सोही ठाउँका दिलीप दाससँग अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)