शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेमौसममा भारतीय पर्यटकको भर

बिहीबार, ०९ जेठ २०७६, १५ : ४७
बिहीबार, ०९ जेठ २०७६

चितवन–तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको हो । 
 
व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन् । त्यसका अतिरिक्त चिनियाँ र आन्तरिक पर्यटक छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहा क्षेत्रमा यतिबेला न्यून पर्यटक छन् । तीमध्ये अधिकांश भारतीय हुन् । 
 
भारतको सीमाक्षेत्रका प्रमुख शहरसँगै कोलकाता, लखनऊ, कानपुर, पटना, गुजरात, दिल्लीलगायतका क्षेत्रबाट बढी पर्यटक आउने गरेको उनले बताए । नेपाली सीमाक्षेत्रका बजारमा बसेर भोलिपल्ट दिउँसो यहाँ आइपुग्ने गरी भारतीय पर्यटक आउने गरेका छन् । 
 
उनीहरुले यहाँ रहँदा चितवन राष्ट्रिय निकुञ्जलगायत यस क्षेत्रका धार्मिक पर्यटकीय गन्तव्यमा रमाउने गर्दछन् । पवित्र तीर्थस्थल देवघाट, त्रिवेणीधाम, शाश्वतधामलगायतका धार्मिकस्थलमा भारतीय जाने गरेका छन् ।  घिमिरेले दैनिक ६०० हाराहारीमा पर्यटक आएको बताए । मेको अन्तिम सातादेखि अगस्तसम्म पर्यटक कम आउने गर्दछन् । 
 
सौराहाको सेभेनस्टार र होटल वेष्टउड सञ्चालन गर्दै आउनुभएका माधव दुवाडीले अहिलेको बुकिङको अधिकांश पर्यटक भारतीय रहेको बताए । 

सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ ११० होटलमा पाँच हजार ५०० कोठा छन् । सौराहाका अलवा चितवनमा भरतपुर, जगतपुर, पटिहानी र मेघौलीमा पनि पर्यटकीय होटल छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप