शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि सेवा आयोगको विवाद चुलिँदै : अनसनले छोएन सरकारलाई

आरोपित प्रिन्सिपल भन्छन्, ‘हाम्रा छोराछोरी पनि त्रिविमा जागिर खान सक्षम छन्’
मङ्गलबार, २१ जेठ २०७६, १३ : ४६
मङ्गलबार, २१ जेठ २०७६

जेठको टन्टलापुुर घाम र बेला न कुबेला परिरहने झरी । पानी र घाम राम्रोसँग नओत्ने सानो पाल । पालमुनि विद्यार्थीहरुको अनसन । अनसनको आज सोह्रौँ दिन । अनसनमा ज्वरो रुवाखोकी र झाडापखालाको डर । अनसनमा ऐक्यबद्धता जनाउन हजारौँ मानिस आइसके । तर अनसनले न त्रिवि सेवाका कर्मचारीलाई छोएको छ न सरकारलाई । 

त्रिवि सेवा आयोगले सञ्चालन गरेको परीक्षाको नतिजा खारेजीलगायत तीन बुँदे माग राखी जारी यो अनसन तत्काल टुङ्गिने कुनै लक्षण देखिएको छैन ।  

अनसन मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी निकट विद्यार्थी सङ्गठनकी उपाध्यक्ष शिलुु न्यौपानेको नेतृत्वमा सुुरु भएको हो । १२, १२ घण्टाको रिले अनसनमा १०, १० जना पालै पाले बस्ने गरेका छन् । 

अझ, अनसनकारीलाई असुुरक्षाको डरले पनि सताएको छ । रातको समयमा चितुुवा आउने कारण सुुत्नै नसकेको गुुनासो उनीहरुको छ । अनसन बसेका अखिल क्रान्तिकारीका जिल्ला संयोजक सङ्घर्ष दाहाल भन्छन्, ‘त्रिवि सेवाकै पदाधिकारीबाट हाम्रो अनसन विथोल्नको लागि एउटा मानिसलाई हल्ला गर्नका लागि ल्याइयो । आयोगका पदाधिकारीहरुमा कुुनै मानवीयता देखिएको छैन ।’ 

त्रिवि सेवा आयोग खारेज गर, आयोगका भ्रष्ट कर्मचारीलाई तत्काल बर्खास्त गर र अवैधानिक रूपमा प्रकाशित गरिएको नतिजा खारेज गर भन्ने माग राखेर उनीहरुले अनसन सुुरु गरेका हुुन् । तर त्रिवि सेवा आयोगमा अध्यक्ष चैतन्य शर्र्माले उनीहरुले राखेको माग पूरा गर्न नसकिने जिकिर गरे । उनी भन्छन्, ‘हामी उहाँहरुका कुनै पनि माग सम्बोधन गर्न सक्दैनौँ ।’

उनी थप्छन्, ‘त्रिवि सेवा आयोग हामीले खारेज गर्ने कुरा होइन । यो सरकारको काम हो । अर्काे कुरा हामीले राजीनामा दियौँ भने हामी भ्रष्ट नै हाँै भन्ने देखिन्छ ।  त्यसैले हामी राजीनामा दिँदैनौँ ।’

त्रिवि सेवामा शर्मालाई आफ्नी भतिजीको नाम निकालिदिएको आरोप लागेको छ । तर उनले भने उक्त आरोप स्वीकार्दैनन् । उनी भन्छन्, ‘थर र ठाउँ एउटै हुँुदैमा मेरो भतिजी परिहाल्छ र ? उनी मेरी भतिजी होइनन् ।’

त्रिभुुवन विश्वविद्यालयका प्रिन्सिपल कृष्ण आचार्यले यो विषयलाई पत्रपत्रिकाले अनावश्यक रूपमा उचालेको आरोप लगाउँदै यो विषयको बारेमा बारेमा आफूूलाई केही थाहा नभएको बताए । आचार्यलाई आफ्नी छोरीको नाम निकालिदिएको आरोप लागेको छ ।

उनी भन्छन्, ‘भन्न पाउनेले भनेका होलान । प्रिन्सिपल भएको हुुनाले आफ्ना नातेदारले जागिर खानै नहुुने भन्ने छ र ?’

उनी थप्छन्, ‘डिन, रेक्टर, प्रिन्सिपलका छोराछोरीले पनि पढ्छन् । तिनीहरुले त्रिविमा जागिर खानै हुुँदैन र ? प्रतिस्पर्धात्मक रूपमा नाम निकालेका हुुन् । आफ्नाको मात्र नाम निकाले भन्ने कुरा आरोप मात्र हो ।’ 

त्रिवि सेवा आयोग आफन्त भर्ती केन्द्र बन्यो भन्ने कुरा नितान्त झुुट रहेको उनले दाबी गरे ।  

अख्तियार दुुरूपयोग अनुसन्धान आयोगले यस विषयमा अनुुसन्धान गरिरहेको छ । सेवा आयोग कार्यालयबाट अख्तियारले परीक्षाको उत्तरपुुस्तिका अनुुसन्धानका लागि लगेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुुमार कोइरालाले रातोपाटीसँगको कुराकानीमा भने ‘हामीले प्राथमिकताका साथ अनुुसन्धान गरिरहेका छौँ । तर कसरी र कुुन विधिले अनुुसन्धान गरेका छौँ भन्न मिल्दैन ।’ 

उनी थप्छन्, ‘अनुुसन्धानका क्रममा अन्तरवार्ता रोकेका छैनौँ । किनभने नतिजामा पछि जे पनि देखिन सक्छ । नतिजाका आधारमा हामीले पछि कारबाही गर्ने वा नगर्ने निर्णय गछौँ ।’ तर विद्यार्थी सङ्गठनसँगको कुराकानीमा भने अन्तरवार्ता रोकेको जानकारी दिए भन्छन् सङ्घर्ष दाहाल । 

अधिकृत तहको अन्तरवार्ता स्थगित गरिएको छ । अन्तरवार्तामा तीनजना पदाधिकारी आवश्यक पर्छ । अध्यक्ष शर्माकी भतिजीको नाम निक्लिएकोले अध्यक्ष अन्तरवरर्तामा बस्न नमिल्ने र लोकसेवा आयोगको कर्मचारीले यो समाचार मिडियामा आइसकेपछि अन्तरवार्तामा बस्न नमानेको, बाँकी रहेका एक जनाले मात्र अन्तरवार्ता सञ्चालन गर्न नमिल्ने हुुनाले रोकिएको हो । तर अन्य पदको अन्तरवार्ता भने सुुचारु छ भन्छन् सङ्घर्ष दाहाल ।  

अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुुरेल भन्छन् ‘शान्तीपूर्ण ढङ्गले माग पूरा हुुन्छ भन्ने सोचेका थियौँ तर पूरा भएन । अब हामीले विद्यार्थी, कर्मचारी सबैलाई अपिल गर्र्छाैँ । त्यो आन्दोलनको नेतृत्व हामीले गर्छौं ।’ 

त्रिवि सेवा आयोग इमानदार नभएका कारण विवादमा पर्छ भन्छन्, शिक्षाविद् विद्यानाथ कोइराला । उनी थप्छन् ‘त्रिवि सेवा आयोगका कर्मचारीमा इमानदारिता भएको भए आफ्ना नातेदारले परीक्षा दिँदै छन् भने प्रश्नपत्र बनाउँदैनथे । प्रश्नपत्र बनाएको भए कपी जाँच्ने कुुरामा लाग्दैनथे ।’

उनी भन्छन्, ‘राजनीतिमा सर्वचिन्तन छैन । खाली भत्काउने किसिमले पार्टीका कार्यकर्तालाई उक्साएका छन् । त्यसकारणले त्रिवि आयोग सधैँ आलोचित हुँदै आएको छ ।’ 

त्रिविलाई राजनीतिक माहोलबाट टाढा राख्न नसकिने उनको भनाइ छ । उनी भन्छन्, ‘हटोस् भन्दा पनि घटाउनेतिर हामी लाग्नुुपर्छ । किनकि हटाउन सम्भव छैन ।’ 

सबै विश्वविद्यालय धान्न सकिने एउटा आयोग बनाउन आवश्यक रहेको तर आयोग नै बन्द गर्न भने गाह्रो हुुने उनको विचार छ । 

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा भन्छन्, ‘नातावाद कृपावादको कुुरा छ, त्यो अत्यन्त चिन्ताको विषय हो । त्रिविमा जहाँतहीँ योग्य शिक्षक र कर्मचारी जानुुपर्ने ठाउँमा नातावादको आधारमा मानिस छानिन्छ भने यो जस्तो दुुर्भाग्यपूर्ण कुुरा केही होइन ।’ 

‘अहिले त्रिवि सेवाको अध्यक्षमा एमालेबाट चुुनाव हारेको मानिस राखिएको छ रे । अध्यक्षमा जो पायो त्यही राखेर हुुन्छ ?’, माथेमा भन्छन्, ‘त्यसमा पनि निष्पक्ष हुुनुुपर्याे । त्यहाँ चरित्रवान मानिसहरु पठाउनुुपर्छ । आफन्तहरुले जाँच दिएको छन् भने पहिले नै जानकारी गराउनुपर्छ । अनियमित भएको हो भने नतिजा खारेज गर्नुुपर्छ ।’ 

आयोगले विज्ञापन नम्बर १८÷२०७३÷ २०७४ मा विभिन्न १६ पदमा खुुला विज्ञापन गरेको थियो । त्रिवि सेवा आयोगको अध्यक्षको भतिजी, सेवा आयोगको प्रमुुखको मान्छे, प्रिन्सिपलको छोरी, विद्यार्थी सङ्गठनका माथिल्लो तहका नेताका आफन्तको मात्र नाम निक्लिएको र एकाइहरुका नेताले पैसा लिएर नाम निकाल्न सिफारिस गरेको आरोपमा विद्यार्थी सङ्गठन अनसनमा बसेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता न्यौपाने
सुनिता न्यौपाने
लेखकबाट थप