केन्द्रीय संस्करण

सुदूरपश्चिमका दुई जिल्लामा भीषण आँधीहुरीः कम्तीमा २० जना घाइते, सयौं घरको छाना उडायो

person explore access_timeजेठ २३, २०७६ chat_bubble_outline1

काठमाडौं– सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा बिहीबार साँझ भीषण हावाहुरी आउँदा व्यापक क्षति भएको छ ।

 साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण आँधीहुरी आएको दुबै जिल्लाका प्रहरीले पुष्टि गरेको छ । 

प्रहरीका अनुसार दुई जिल्लामा आँधीहुरीबाट कम्तीमा २० जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर भएको जनाइएको छ । 

 हावाहुरीका कारण धनगढीमा कम्तीमा १० जना घाइते भएका छन् । यस्तै  रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए । 

आँधीहरुबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेकाे छ । अहिले प्रहरीले उद्दार कार्य जारी राखेको उनले बताए । 

यस्तै कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । कञ्चनपुरमा  हुरीबाट १० जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

स्थानीयले हुरीसँगै असिना समेत परेको बताएका छन् ।

प्रहरीले रातको समय भएपनि उद्दार कार्यमा सक्रियतापूर्वक लागिपरेको जनाएको छ । हुरीको धेरै प्रभाव कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगर क्षेत्रमा परेको बताइएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. June 6, 2019, 10:45 p.m. Mazhar Khan
    दुःख को कुरा😭
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.