शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धरानमा पाँच दिन विद्यालय बन्द

सोमबार, ०२ असार २०७६, १९ : ११
सोमबार, ०२ असार २०७६

अत्याधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय आजदेखि पाँच दिनका लागि बन्द गरिएको छ । 

गर्मीका कारण पठनपाठनमा समस्या आएपछि प्याब्सन, एनप्याब्सन र एसीसीले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

‘गर्मी बिदामा समायोजन गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ’, विद्यालय संयोजन कमिटीका अध्यक्ष राजेन्द्र गुरुङले भने । 

धरानमा पछिल्लो समय डेङ्गुको प्रकोपसमेत फैलिएको छ । डेङ्गुको प्रकोपलाई समेत हेरी  विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । 

धरानमा एनप्याब्सनमा आवद्ध ३९ तथा प्याब्सनमा आबद्ध ४४ विद्यालय रहेका छन् । सामुदायिक विद्यालय भने गर्मीमा समेत सञ्चालनमै रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप