बीरबलभन्दा किसान बुद्धिमान
बादशाह अकबर खुब पहेली (त्यसभित्रै उत्तर लुकेको प्रश्न) भन्न रुचाउँथे । उनी बेलाबेलामा आफू पनि अरुबाट पहेली सुन्थे र अरुलाई पनि आफूले सुनाउँने गर्थे । एक दिन बादशाहले बीरबललाई एउटा नयाँ पहेली सुनाए–
‘उपर ढक्कन नीचे ढक्कन, मध्य–मध्य खरभुजा ।
मौं छुरी से काटे आपीहँ, अर्थ तासु नाही दूजा ।’
बीरबलले यो पहेली कहिल्यै सुनेको थिएन । यो पहेली सुनेर उनको टाउको नै चकरायो । यसको कुनै पनि अर्थ उनलाई सुझेन । त्यसैले, उनले बादशाहसँग अनुरोध गरे– ‘पृथ्वीनाथ, हजुरले मलाई केही समय दिनुभयो भने म बिचार गरेर यसको अर्थ भनुँला ।’
बादशाहले उनको प्रस्तावलाई मञ्जुर गरेर भने– ‘हुन्छ त म तिमीलाई केही समय दिन्छु । बिचार गरेर त्यसको अर्थ के हो मलाई भन्नु ।’
त्यसपछि बीरबल त्यसको अर्थ बुझ्नको लागि ठाउँ–ठाउँमा पुगे र अन्त्यमा उनी एउटा गाउँमा पुगे । त्यहाँ पुग्दा उनी गर्मी, थकाई र भोकले व्याकुल भइसकेका थिए । तिर्खाले त उनलाई झन् बेचैन बनाइसकेको थियो । त्यसैले पानी खान भनेर उनी एउटा किसानको घरमा पसे । त्यस घरमा एकजना केटी खाना पकाइरहेकी थिइन् ।
बीरबलले त्यस केटीसँग सोधे– ‘छोरी तिमी के गरिरहेकी ?’
केटीले उत्तर दिइन्– ‘तपार्ई देख्नुहुन्न ? म छोरीलाई पकाइरहेको छु र आमालाई बालिरहेको छु ।’
उनले भनेको कुरा नबुझेर बीरबल अलमल परे र उनले दोस्रो प्रश्न गरे– ‘तिम्रो बुबा खोइ त ?’
केटीले जवाफ दिइन्– ‘मेरो बाउ माटोमा माटो मिलाउन जानुभएको छ ।’
यो उत्तरले बीरबल अचम्मित भए । उनले ती केटीसँग तेस्रो प्रश्न गरे– ‘तिम्री आमा खोइ त ?’
केटीले उत्तर दिइ– ‘मेरी आमा एउटालाई दुईवटा बनाउन जानुभएको छ ।’
ती केटीको यस्तो खालको जवाफ सुनेर बीरबल झन् आश्चर्यचकित भए । उनले केटीको एउटै जवाफको पनि अर्थ बुझ्न सकेनन् । उनी त्यतिकै अलमलिरहे । यतिकैमा केटीका आमाबाबु दुवै घर आइपुगे । उनीहरुलाई देख्नेबित्तिकै बीरबलले उनीहरुको छोरीसँग भएको कुराकानी सुनाए र उनले के भनेकी हुन् भन्ने कुरा बुझ्न खोजे ।
बीरबलको सबै कुरा सुनिसकेपछि केटीको बुबाले भन्यो– ‘मेरी छोरीले तपाईंको प्रश्नको ठीक उत्तर दिएकी छिन् । मेरी छोरी रहरको दाल, त्यसैको बोट बालेर पकाइरहेकी छिन् । म छिमेकको मान्छे मरेको थियो, म त्यसैलाई जलाउन गएको थिएँ । मेरी श्रीमती मुसुरको दाल पिँध्न छिमेकमा गएकी थिइन् ।
बुढाको यो कुरा सुनिसकेपछि बीरबल निक्कै धेरै खुशी भए । अब यिनीहरुले बादशाहको पहेलीको अर्थ भन्न सक्नेछन् भन्ने बीरबलमा आशा जाग्यो । त्यसैले उनले त्यो बुढो किसानसँग बादशाहले भनेका पहेलीको अर्थ सोधे ।
त्यो बृद्ध किसानले भन्यो– ‘यो त ज्यादै सजिलो पहेली हो । लौ त यसको अर्थ सुन्नुस्– धरीती र आकाश दुवै बिर्को हुन् । त्यसको भित्र बस्ने मानिसहरु खरभूजा हुन् । ती मानिसहरु काल आएपछि त्यसरी नै मर्छन्, जसरी गर्मीले मैनबत्ती पग्लन्छ ।’
त्यो किसानको बुद्धिमानी देखेर बीरबल साह्रै खुशी भए । उनले किसानलाई पुरस्कारस्वरुप केही रकम दिएर उनी त्यहाँबाट हिँडे । उनी बादशाहको दरवारमा हाजिर भएर उनले भनेका पहेलीको अर्थ बताए । बीरबलले भनेको आफ्नो पहेलीको अर्थ सुनेर बादशाह धेरै खुशी भए । र, बादशाहले उनलाई बीरबलले किसानलाई दिएको रकमभन्दा धेरै बढी रकम इनाम दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला
-
युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका
-
पोखरीमा डुबेर बालिकाको मृत्यु