एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
बुधबार, ११ असार २०७६, ०८ : २३

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।
कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए आज र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।
कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन अध्ययनमा आकर्षण : २०७९ को भर्ना २०८१ मा, समाधान के ?
-
योगमायालाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे कलाकारकर्मी
-
९ महिनामा पर्साबाट साढे ३५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
-
सोमबारदेखि वीरेन्द्रनगरको सिटी हलमा हुँदैछ कर्णाली उत्सव
-
गाजाबारे ट्रम्पको प्रस्तावमा जुट्ला त सहमति ?
-
संसद् भवन परिसरबाट तीन जना पक्राउ