नीता अम्बानीपछि अब बुहारी श्लोकाको ‘हिल’को चर्चा
भारतका व्यवसायी मुकेश अम्बानीकी बुहारी श्लोका मेहता यतिबेला सामाजिक सञ्चालको विषय बनेकी छिन् । उनी विभिन्न पार्टी तथा समारोह र कार्यक्रममा जाँदा उनले लगाएको पहिरनका कारण चर्चाको विषय बन्दै आएकी छिन् ।
भर्खरै क्रिकेटर युवराज सिंहले मुम्बईमा रिटायर्ड पार्टी दिएका थिए । उक्त पार्टीमा नीता अम्बानीसँगै उनका छोरा आकाश अम्बानी र श्लोका मेहता पनि पुगेका थिए ।
यसैक्रममा नीता पूरै कालो पहिरनमा उपस्थित थिइन् भने उनकी बुहारी श्लोका निलो आकाशे रङको मेटेलिक स्कर्ट र सेतो रङको अफ शोल्डर टिसर्टमा थिइन् । यस समारोहमा पहिरनको भन्दा पनि उनले लगाएको हिलको चर्चा बढी भयो । उनले सोफिया वेबस्टरको आइकानिक हिल लगाएकी थिइन् । जसको पछाडि पुतली बनाइएको थियो ।
यो हिलको डिजाइन निकै चर्चित छ । र यसको मूल्य पनि उत्तिनै ज्यादा । सिल्भर रङको उक्त हिलको मूल्य लगभग ५० हजार(भारतीय) पर्छ । केहि समय अगाडि नीताले बोकेको हिरा जडित ब्यागको मूल्य २ करोडभन्दा बढी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै