शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतको भन्दा नेपालको हेराल्ड र मेरिल्याण्ड कलेजको शिक्षा उत्कृष्टः उल्भरहेम्टन विश्वविद्यालयका उपकुलपति जियोफ

बिहीबार, २६ असार २०७६, १६ : ३६
बिहीबार, २६ असार २०७६

काठमाडौं । बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका उपकुलपति प्रा. जियोफ लेयरले नेपालमा सम्बन्धन प्राप्त दुई कलेजले उत्कृष्ट शिक्षा दिएको बताएका छन् ।

विश्वका करिब १२ देशका कलेजलाई सम्बन्धन दिएको विश्वविद्यालयले काठमाडौको हेराल्ड र विराटनगरको मेरिल्याण्ड कलेजको शिक्षा उल्भरहेम्टर विश्वविद्यालयमा पढ्ने विद्यार्थीको भन्दा उत्कृष्ट रहेको दाबी गरे ।

हेराल्ड कलेजको अवलोकन भ्रमणमा आएका उपकुलपति जियोफले कलेजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको दुई कलेजको पढाइले विश्वविद्यालयको सान बढेको बताए । 

उले भने, ‘वेलायतका डिग्री विश्वमै प्रख्यात छ । हामीले विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिन्छौ ।’ फरक प्रसंगमा उनले भने, ‘उत्कृष्ट विश्वविद्यालय बन्न एउटा मात्रै कोर्षमा फोकस नगरी प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने, पढाउने मात्र नभै भविष्य र समाजप्रति उत्तरदायी हनुपर्ने, अनुसन्धान र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने, राम्रो परीक्षाफल हुनुपर्छ ।’ 

कलेजका विद्यार्थीसंग अन्तक्रिया गर्न नेपाल आएका उपकुलपति प्रा. जियोफले नेपाली विद्यार्थीहरु पढाइप्रति सम्वेदनशिल रहेको बताए । उनले अनुसन्धानमा आधारित पढाई वर्तमान समयको आवश्यकता रहेको उल्लेख गरे । 

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्डमा हालसम्म ७५ जनाले अध्ययन पुरा गरिसकेका छन् । हेराल्ड कलेजले चार वर्षे  विआइविएम र तीन वर्षे बिआइटी कक्षा संचालन गरिरहेको छ । विराटनगरको मेरिल्याण्ड कलेजमा दुवै विषयमा कक्षा संचालन भैरहेको छ । मेरिल्याण्डले सन २०१४ देखि पढाई शुरु गरेको हो । हाल हेराल्डमा  करिब ८ सय विद्यार्थी अध्ययनरत छन । मेरिल्याण्डमा ३ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन् । 

आइएनजी ग्रुपले संचालन गरेको दुवै कलेजको शिक्षाको बारेमा जानकारी गराउँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यहाा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताए ।

उनले वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । विश्वविद्यालयले हरेक वर्ष समर सिजनमा हेराल्ड र मेरिल्याण्ड कलेजमा अध्ययनरत ५ जना विद्यार्थीलाई १५ दिने छात्रवृतिमा विश्वका विद्यार्थीसँगै अध्ययन गर्ने  अवसर दिने गरेको छ ।

अध्यक्ष बुढाथाकीले वेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेकोले विश्वविद्यालयले नेपालका दुई कलेजको प्रशंसा गरेको बताए । बेलायती शिक्षालाई विश्वभर विश्वसनीय शिक्षाको रुपमा हेर्ने गरेकै कारण यो विश्वविद्यालयबाट सबन्धन पाएर कक्षा संचालन गरिरहेको उनको भनाई थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप