बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्षाले सास्ती : असारे भेलले बाटो काट्न पनि सकस (फोटोफिचर)

शुक्रबार, २७ असार २०७६, १३ : ४६
शुक्रबार, २७ असार २०७६

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ । वर्षासँगै देशका विभिन्नका स्थानमा बाढी र पहिरोको प्रकोप बढिरहेको छ ।

यता, राजधानीमा पनि वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सिंहदरवारको पर्खाल भत्कनेदेखि विभिन्न स्थानमा रुखहरु ढलेर सवारी आवागमन अवरुद्ध बनेको छ ।

यसैबीच काठमाडौँको सीतापाइला क्षेत्रमा पनि वर्षासँगै आएको पानीको भेलले गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

सीतापाइला क्षेत्रमा ढलको उचित व्यवस्थापन नुहँदा अविरल वर्षासँगै सडकमा ठूलो भेल भग्ने गर्छ जसले गर्दा साना सवारी चलाउनेदेखि पैदलयात्रुले बाटोमा यात्रा गर्दा कठिनाइ भोग्ने गर्छन् ।

तस्विरमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप