मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अनुपमको ८३ औं साहित्यिक शृङ्खला सम्पन्न

आइतबार, २९ असार २०७६, १४ : ५१
आइतबार, २९ असार २०७६

काठमाडौं– अनुपम सिर्जना प्रतिष्ठान नेपालको ८३ औँ साहित्यिक शृङ्खला सम्पन्न भएको छ ।  शनिबार एड्मार्क कलेज, कलङ्कीमा आयोजित उक्त साहित्यिक कार्यक्रमा विभिन्न साहित्यकारले आ–आफ्ना रचना  वाचन गरेका थिए । 

कार्यक्रममा स्रष्टाहरूले जीवन, प्रेम, समाजका विसङ्गति,देशप्रेम एवं विद्रोह चेतनालाई आ–आफ्ना सिर्जनामार्फत प्रस्तुत गरेका थिए ।  यसरी आफ्ना भावना साहित्यमार्फत प्रस्तु गर्नुहुनेहरुमा विनुबाबा घिमिरे, सूर्यकुमार पण्डित, विमल अधिकारी, भुवन शिवाकोटी, चूडा निर्भीक, पुरूषोत्तम अधिकारी, जितु खड्का, विनोददेव पन्त, बद्रीप्रसाद अधिकारी, प्रत्यूष खड्का, विनोद कोइराला, निर्मल पराजुली, उत्तम विचार र बासुदेव ठकुरी लगायतले थिए । 

कार्यक्रमका सभाध्यक्ष विनोददेव पन्तले वर्तमान पुस्ता संवेदनाहीन बनेको र यसमा मानवीय संवेदना भर्न साहित्यले भूमिका खेल्नुपर्ने विचार व्यक्त गरे । अनुपमले विगत ६ वर्षदेखि अनवरत रूपमा हरेक महिनाको तेस्रो शनिबार रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप