शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चार, सुचना तथा प्रबिधि अध्ययन केन्द्र बन्दै डिएभी

सोमबार, ३० असार २०७६, १९ : ०५
सोमबार, ३० असार २०७६

आईटी अध्ययन
समाजका हरेक पेशा र व्यवसाय आइटीसँग अन्तरसम्बन्धित छन । संसारमै आईटी सँग सम्बन्धित सिपको नै उच्च माग भइरहेको छ । सिप आर्जन गर्नु एक पक्ष हो भने सर्टिफिकेट प्राप्त गर्नु त्यसको प्रमाण हो जसले शैक्षिक व्यवसायिकताको दर्जा दिलाउँछ । बिभिन्न सरकारी, विदेशी, प्राइभेट संस्थाहरुमा प्राविधिक रोजगारीको लागि ढोका खोलिदिन्छ र उद्यमी र स्वरोजगार बन्नको लागि समेत सामाजिक बैद्यता प्रदान गर्दछ । 

डिएभी इन्स्टिच्यूट अफ इनफर्मेशन टेक्नोलोजी

विगत लामो समयदेखि सुचना प्रविधि क्षेत्रको प्राज्ञिक एवं प्राबिधिक कार्यहरूमा संलग्न भएका र विद्यावारिधी गर्दै गरेका अनुभवि व्यवसायिकहरुद्वारा संचालित भएकाले यो विद्यार्थीको रोजाइमा परेको छ । आइटी क्षेत्रमा विगत लामो समय देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गरिसकेका र रोजगार समेत सृजना गरेका व्यक्तित्वहरूबाट संचालित भएकाले इनफर्मेशन टेक्नोलोजी विद्याथीहरुको पहिलो रोजाइमा पर्ने गरेको हो । 

कलेजका प्रोग्राम डाइरेक्टर रामेश्वर सुवेदीका अनुसार हाल तेस्रो र चौथो तहको पाठ्यक्रम नन् ग्याजेट प्रथम (तेश्रो तह) जुन नायव सुव्वा सरह कोर्षहरु संचालन भइरहेको छ । हार्डवोयर तथा नेटवर्क इन्जिनियरिङमा डिप्लोमा र ग्याजेट तृतिय (चौथो तह) जुन शाखा अधिकृत स्तर परिक्षाको लागि योग्य रहने सिटीईभीटीका कोर्षहरु संचालन भइरहेको छ ।

DIOIT आइटी को पूर्वाधार 

आई.टी क्षेत्रमा सैद्धान्तिक ज्ञान भन्दा प्रयोगात्मक ज्ञानलाई वढी महत्व दिने गरिएको छ । तर, यहाँका संचालकहरु प्रयोगात्मक ज्ञानको आधार सेैेद्धान्तिक ज्ञान नै हो भन्नेमा एकमत छन् । डिएभी विद्यार्थीहरुको पहिलो रोजाइमा पर्नुको कारण हो ‘हाई इन्ड सर्भर, राउटर, स्विच, फायरवालहरु ।  

त्यसका लागि आवश्यक पर्ने जनशक्तिको प्रयोगले रियल टाइम प्राक्टिकलको अनुभव कलेज भित्रै लिन सकिने छ । यसका लागि डिएभी कलेजका विभिन्न डिपार्टमेन्टहरु जस्तै एमवीए, विवीए, विवीएस, निट, स्कुल आदिमा स्टेट अफ दि आर्टको विकास र विस्तार गरिएको छ । जसले गर्दा आइएसपी, एनएसपी र विभिन्न डाटावेश र टायरहरुको अनुभव एकै छातामुनी लिन सकिन्छ । विश्वकै उत्कृष्ट स्तरको ल्याब र सैद्धान्तिक सिकाईको परिक्षण तत्काल गर्न पाउने सुबिधाले विद्यार्थीहरुलाई DIOIT लोभ्याउने गरेको छ । 

आइटी अध्ययन पश्चात विद्यार्थी

कलेजको रेकर्ड अनुसार अहिलेसम्मका उत्तिर्ण विद्यार्थीहरू मध्ये शत प्रतिशतले रोजगारी पाएका छन । कति स्वरोजगार भएका छन् । सरकारी सेवामा समेत उल्लेख्य संख्यामा छन र केहि बैदेशिक रोजगारमा आइटी कै काम गर्न गएकाछन् । उनीहरु विषेश गरेर इन्टरनेट सेवा प्रदायक कम्पनीहरु, कम्प्युटरसँग सम्बन्धित अर्गनाइजेशन र एनजीओहरुमा  संलग्न छन् ।

आइटी अध्ययन पश्चात

आइटी कोर्ष नसकिँदै रोजगारी गर्दै गरेका प्रकाश लामिछानेले DIOITलाई वन शप अध्ययन केन्द्रको संज्ञा दिए । उनले भने यहाँआइटी अध्ययन सँगसँगै रोजगारीको सिलसिलामा कुनै तालिमको आवश्यक परेन । ‘यदि कुनै विद्यार्थी आइटी अध्ययन पश्चात, हार्डवेयर प्रोग्रामिङ्गमा काम गर्न चाहन्छन भने उनीहरुको लागि DIOIT राम्रो ठाउँ हुन सक्छ ।’

रोजगारदाताहरुका धारणा

वर्ल्ड लिंकका मार्केटीङ्ग डाइरेक्टर उजलीस खड्कीले भने,–‘मैले डी.ए.भी. इन्स्टिच्यूट अफ इन्फरमेशन टेक्नोलोजीबाट उर्तिण भएका विद्यार्थीहरु  यहाँ कार्यरत अन्यत्रकाविद्यार्थीहको तुलनामा दक्ष, कार्यकुशल, अनुभवि र आइटी क्षेत्रमा केही नयाँ गरौ भन्ने भाव रहेको पाए’ । उनले DIOIT का विद्यार्थीहरुलाई जागीरको सिलसिलामा तालिम बिनानै जिम्मेवारी समेत दिने गरेको बताए । 

अध्ययन 

विद्यमान शैक्षिक नियम अनुसार एसईई र दश जोड दुई मा जुनसुकै ग्रेड लीएका विद्यार्थीहरुले आइटी अध्ययन गर्न पाउँछन । तर नेपालमा मास्टर्स गरेका विद्यार्थीहरुसमेत पूर्ण बेरोजगार छन् । तर आईटी अध्ययन गरेका विद्यार्थीहरु पूर्णरुपमा रोजगार छन् । त्यसैले यहाँ अन्य विषयमा प्लस टु, व्याच्लर र मास्टर्स गरेकाहरुपनि यो कोर्ष गर्न लालायित छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप