शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१४९ वर्षपछि गुरु पुर्णिमाकै दिन चन्द्रग्रहण, सबै राशिलाई हुनेछ यस्तो असर

मङ्गलबार, ३१ असार २०७६, ०९ : १२
मङ्गलबार, ३१ असार २०७६

आज राति खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । आषाढ शुक्ल पूर्णिमाका दिन ग्रहण लाग्ने भएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलका अनुसार ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण ९पूर्व र दक्षिणको बीच० बाट स्पर्श गर्नेछ । भने बिहान ३ः१५ मा ग्रहणको  मध्यकाल हुने र बिहान ४ः४५ मा मोक्षकाल अर्थात ग्रहण सकिने उनले बताए । 

पूरा तीन घण्टासम्म लाग्ने यो ग्रहण १४९ वर्ष पहिले यस्तै दुर्लभ योगमा लागेको थियो । सन् १८७० जुलाई १२ मा आजकै दिन गुरु पूर्णिमामा नै ग्रहण लागेको थियो । उक्त समयमा पनि शनि, केतु र चन्द्रमा सँगै धनु राशि अवस्थित थियो । भने सूर्य, राहुसँगै मिथुन राशि थियो । 

सबै राशिलाई हुनेछ असर 

मेष राशि
यो राशिको लािग यो ग्रहणको योग शुभ हुनेछ । यी राशि भएकाहरुलाई सफलता हात लाग्नेछ भने मान सम्मान पनि प्राप्त हुनेछ । साथै, धनलाभ हुने पनि योग रहेको छ ।

वृष राशि
यो राशि हुनेहरुका लागि यो समय कष्टदायी हुनेछ । सावधानी अपनाउनुहोला । धनमाल नोक्सान हुनसक्छ ।

मिथुन राशि
यो राशिका लागि दुखद हुनेछ । काम समयमा पूरा नहुँदा समस्या आइपर्छ । बाधा व्याबधान आउने सम्भावना छ । धर्य गर्नुहोला ।

कर्कट राशि
यी राशि हुनेहरुका लागि यो समय सुखद हुनसक्छ । आटेका कामहरु समयमै सकिनेछन् । आशा गरेअनुसारकै फल प्राप्त हुन्छ ।

सिंह राशि
तनाव बढ्न सक्छ । बाधाका कारण काममा मन जानेछैन । मनलाई शान्त राख्नुहोस् । केहि दिनपछि समय विस्तारै तपाईंको पक्षमा हुँदै जानेछ ।

कन्या राशि
चिन्ता बढ्न सक्छ । नोकरीमा असहयोग हुनेछ । मन उदास हुनेछ । बनिसकेको काम विग्रिन सक्छ ।

तुला राशि
लाभदायी समय रहेको छ । सोचेको काम पूरा गर्न सकिनेछ । अविवाहितहरुलाई विवाहको प्रस्ताव आउनसक्छ ।

वृश्चिक राशि
तपाईंको लागि यो समय सावधान रहनुपर्ने समय रहेको छ । थोरै लापरबाहीले पनि ठूलो हानि गर्न सक्छ ।

धनु राशि
सतर्कता अपनाउनुहोला । नजिकको मान्छेबाट धोका हुनसक्छ । नोकरीमा नोक्सान हुने योग रहेको छ ।

मकर राशि
समय संघर्षमय रहेको छ । पुराना योजनाहरु विफल हुनसक्छन् । अपरिचित व्यक्तिहरुमाथि भरोसा नगर्नु नै वेश हुनेछ ।

कुम्भ राशि 
यो समय हुनेहरुका लागि यो समय शुभ रहेको छ । उन्नति, प्रगति हुने योग रहेको छ । काम समयमा नै पूरा हुनेछ र बर्चस्व बढ्नेछ ।

मीन राशि
लामो दूरीको यात्रामा जाने योग रहेको छ । यो यात्राले लाभ दिलाउँनेछ । भविष्यलाई लिएर प्रसन्न रहनुहुनेछ ।

सुतक समय 
चन्द्र ग्रहणको सुतक समय ग्रहण सुरु हुनुभन्दा ९ घण्टा पहिले नै सुरु हुन्छ । सूर्य ग्रहणको सुतक १२ घण्टा पहिल सुरु हुन्छ । चन्द्र ग्रहणको सुतक दिउँसो १ः३० मा सुरु हुनेछ जुन भोलि बिहान ४ः३१ सम्म रहनेछ ।

सुतक पहिले नै पुजा–पाठ
आज गुरु पुर्णिमा पनि परेको हुनाले यस दिन विशेष पुजा गर्ने परम्परा रहेको छ । यो दिन आफ्ना गुरुहरुको पुजा गरिन्छ । दिउँसोबाट सुतक सुरु हुने भएकाले १ः३० भन्दा पहिले नै पुरा आरम्भ गरिसक्नुपर्नेछ । त्यसपछि सुतक काल सुरु हुने भएकाले पुजा गर्न अशुभ मानिन्छ । 

ग्रहण
शनि र केतु ग्रहण अवधिभर चन्द्रको साथमा धनु राशिमा रहनेछ । जसले गर्दा ग्रहणको प्रभाव बढी हुनेछ । सूर्यको साथमा राहु र शुक्र हुनेछन् । सूर्य र चन्द्र चारवटा विपरित ग्रहहरु शुक्र, शनि, राहु र केतुमा रहनेछन् । मंगल ग्रहको मुनि रहनेछ । यी ग्रहहरुका कारण तनाव बढ्न सक्छ । भूकम्प, बाढी, तुफान र अन्य प्राकृतिक प्रकोपका कारण नोक्सान हुनसक्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप