राहतका कामलाई प्रभावकारी बनाउन एनआरएनको आग्रह
मङ्गलबार, ३१ असार २०७६, १० : ५०
काठमाडौं–अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको जनधन क्षति भएकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएन) ले दुःख व्यक्त गरेको छ ।
संघको तर्फबाट प्रवक्ता भूषण घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्का कारण निधन भएकाहरुप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
संघले घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पुनरस्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ ।
एनआरएनले स्वदेश र विदेशमा रहेका नेपालीलाई आआफ्नो स्थानबाट सहयोग गर्नको लागि पनि अपील गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै