शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफू राजकुमारी डायनाको पुनर्जन्म भएको चार वर्षे बालकको दाबी

मङ्गलबार, ३१ असार २०७६, ११ : २१
मङ्गलबार, ३१ असार २०७६

बच्चाहरुले निकै अचम्मको कुरा गर्छन् तर विगत दुई वर्षदेखि एक बालकले आफ्ना आमाबुवासँग यस्तो कुरा गरिरहेका छन् जसले उनीहरुलाई अशान्त बनाइरहेको छ ।

अष्ट्रेलियाका टिभी प्रस्तोता डेभिड क्याम्पबेलका अनुसार उनका चार वर्षका छोरा बिलीले आफू दिवंगत राजकुमारी डायनाको पुनर्जन्म भएको र उनको जीवनबारे पनि थाहा भएको दाबी गरिरहेका छन् ।

तीन सन्तानका ४५ वर्षे बुवाले स्टेलर म्यागजिनको स्तम्भमा लेखेको  लेखलाई अहिलेसम्मको अचम्मको लेखको संज्ञा दिएका छन् ।

उनका अनुसार उनका कान्छा छोराले दुई वर्षको हुँदा डायनाको फोटो भएको एउटा कार्ड देखाउँदै भने, ‘हेर त, म राजकुमारी हुँदाको मेरो फोटो ।'

राजपरिवारबारे केही कुरा नसिकाइकनै पनि बिल्लीको अचम्मको कुरा नरोकिएको डेभिडले बताए । डेभिडका अनुसार उनका छोराले एकपटक आफ्नो जोन नामको दाइ भएको पनि बताए । जोन राजकुमारी डायनाका दाइ हुन् जसको डायनाको जन्म अगावै मृत्यु भएको थियो । त्यसको केही दिन पछि उनले आफ्ना दुई ‘केटा’ भएको पनि बताए । ‘केटा’ हरुको नाम उनले विलियम्स र ह्यारी बताए ।

‘उनले आफ्ना दुई ‘केटा’ बारे कुरा गर्न थाले,’ डेभिडले सम्झिए । ‘जब उनलाई को केटा बारे कुरा गरिरहेको भनेर सोधियो तब त्यतिबेला तीन वर्षका मेरा छोराले मेरा ‘छोराहरु’ भने ।’

यसका साथै, डेभिडका कान्छा छोराले बाल्मोरलबारे पनि स्पष्ट जानकारी दिएका थिए । बाल्मोरल रानीको मनपर्ने निवास हो । उनले उक्त निवास आफ्नै आँखाले नदेखेपनि कस्तो छ भनेर जानकारी दिएको डेभिडले दाबी गरे ।

‘उनले हाम्रो स्कटल्याण्डका साथीलाई आफू राजकुमारी डायना हुँदा उक्त महलमा जाने गरेको र त्यहाँ युनिकर्न भएको र त्यसलाई बाल्मोरल भन्ने गरेको बताए,’ उनका बुवाले भने ।

‘स्कटल्याण्डको राष्ट्रिय जनावर युनिकर्न हो र उक्त महलको भित्तामा युनिकर्न भएको उसलाई कसरी थाहा भयो ?’

ती बालकले हालै एउटा कमेन्ट गरेका छन् जसमा उनले डायनाको मृत्युबारे बताएका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Look, call me crazy, but I reckon Clark Kent is hiding something 😆😂 #billy

A post shared by David Campbell (@davidcampbell73) on

‘लिसाले उनलाई डायनाको अर्को फोटो देखाइन्,’ डेभिडले थपे । ‘म राजकुमारीको रुपमा । त्यसपछि एकदिन साइरन आयो र म त्यसपछि राजकुमारी रहिनँ ।’

राजकुमारी डायनाको राजकुमार चार्ल्ससँग सन् १९८१ मा विवाह भयो । यी दुईका दुई सन्तान छन् – विलियम्स र ह्यारी ।

दुर्भाग्यवश, डायनाको सन् १९९७ को अगस्ट ३१ तारिखमा पेरिसमा कार दुर्घटनामा निधन भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप