बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कुङफुमा नेपाललाई ५ स्वर्ण

बुधबार, ०१ साउन २०७६, ०० : ३०
बुधबार, ०१ साउन २०७६

काठमाडौं-दोश्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जितेको छ । नेपालले थप १ रजत पनि जितेको  बूढानीलकण्ठ उमा कुङफु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाएका छन् ।
सञ्जयराज पुटुवारले इगल स्टायल थाउलो तथा सान्डाको ५९ केजीमा दोहोरो स्वर्ण जिते । अयुब घिमिरेले टाइगर स्टायल थाउलो र सान्डाको ५२ केजीमा दुई स्वर्ण हात पारे । सियान तामाङले स्नेक थाउलोमा नेपाललाई स्वर्ण दिलाए । तीनै खेलाडीले मिलेर टिम थाउलोमा थप १ रजत पनि जिते ।

टोलीलाई बूढानीलकण्ठ नगरपालिका वार्ड नं. ५ का अध्यक्ष विजय तामाङ, बूढानीलकण्ठ उमा कुङफु क्लबका अध्यक्ष दिनेश श्रेष्ठ, क्लबका प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । प्रतियोगिता जुलाई ११ देखि १४ तारिखसम्म बंगलादेशको ढाकामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप