शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपका बेला इन्जेक्सन लगाइरहेका थिए इङ्गल्याण्डका यी खेलाडी, अब खुलासा भयो वास्तविकता

बुधबार, ०१ साउन २०७६, ०९ : १०
बुधबार, ०१ साउन २०७६

आइसीसी क्रिकेट विश्वकप २०१९ मा इङ्गल्याण्डलाई विश्वकप जिताउन जोफ्रा आर्चरको महत्वपूर्ण भूमिका रह्यो । आर्चरले आफ्नो ‘फास्ट बलिङ’ को दममा ११ म्याचमा २० विकेट हाँसिल गरे । उनी इङ्गल्याण्डका सबैभन्दा सफल बलर प्रमाणित भए । यद्यपि, इङ्गल्याण्डको च्याम्पियन बनेपछि उनीबारे केही कुरा खुलासा भएको छ ।

विश्वकपको पहिलो म्याचको भोलिपल्ट जोफ्रा आर्चरका काकाको छोराको बारबाडोसमा हत्या भएको मंगलबार खुलासा भएको छ । आफ्ना काकाको छोराका हत्याले आर्चरलाई अत्यन्तै दुःखी तुल्याएको थियो । यस्तो अवस्थामा पनि उनले विश्वकप खेले र आफ्नो उत्कृष्ट प्रदर्शन देखाए ।

यी फास्ट बलर विश्वकपको पूरा अवधिभर घाउसहित खेलिरहेको पनि खुलासा भएको छ  । डेलीमेलको खबर अनुसार आर्चरलाई साइड इन्जरी थियो र उनी इन्जेक्सन लगाएर खेल खेलिरहेका थिए ।

जोफ्रा आर्चरलाई विश्वकप समाप्त हुनेबित्तिकै एक हप्ताको छुट्टी दिइएको छ र उनी अब बारबाडोसमा छन् । यो छुट्टीका कारण अब आर्चर आयरल्याण्डविरुद्ध सिंगल टेस्ट म्याच खेल्न पाउने छैनन् ।

हुन त उनले अर्को महिनादेखि एशेज टेस्ट सिरिजमा खेल्ने पक्का छ । अष्ट्रेलियाविरुद्ध आर्चर आफ्नो टेस्ट डेब्यू गर्नसक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप