बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेएनयूमा सुरक्षा गार्डको काम गर्दागर्दै जब निस्कियो नाम

बुधबार, ०१ साउन २०७६, १३ : ४४
बुधबार, ०१ साउन २०७६

एजेन्सी । रामजल मीणा भारतको प्रतिष्ठित जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा सुरक्षा गार्डको रुपमा काम गर्छन् । तर अब उनी सोही विश्वविद्यालयका विद्यार्थी हुने भएका छन् । 

उनले यो वर्षको जेएनयू प्रवेश परीक्षामा नाम निकालेका छन् । उनी अब विश्वविद्यालयमा रुसी भाषाको अध्ययन गर्नेछन् । 

रामजल राजस्थानको करोली जिल्लास्थित भजेडामा निवासी हुन् । 

अभावग्रस्त परिवारमा जन्मेका रामजलले दुःख सुखमा अध्ययन गरिरहेका थिए तर सन् २००३ मा विवाह पछि भने उनले अध्ययन रोक्नु परेको थियो । 

‘घरको आर्थिक स्थिति खराब थियो । त्यसैले घरको खर्च धान्नको लागि काम गर्नुपर्ने भयो । यसले गर्दा अध्ययन निरन्तर दिन सकिएन,’ रामजलले भने । 

विभिन्न काम गर्ने क्रममा उनले जेएनयूमा सुरक्षा गार्डको काम पाए । विश्वविद्यालयमा काम गर्ने क्रममा त्यहाँको अध्ययन माहौलले हो या के हो उनमा  फेरि अध्ययन गर्ने आकांक्षा जाग्यो । 

उनी काममा जादाँ सँगै पुस्तक बोकेर जान्थे । ‘ड्युटीको समयमा राउण्ड लगाइसकेपछि समय खाली हुनासाथ म किताब निकालेर पढ्थें ,’ रामजलले भने ।

त्यसबाहेक उनी घरमा पनि धेरै पढ्ने गर्थे । ‘दिनमा आठ–दश घण्टा त म पढेकै हुन्छु ,’ उनले भने ,‘तर अध्ययनलाई लिएर मैले कहिले पनि काममा लापरबाही भने गरिनँ ।’

तयारीको क्रममा उनले कसैको सहयोग नलिइ स्वअध्ययन गरेका थिए । प्रवेश परीक्षामा उनले ६८ प्रश्न मिलाएपछि उत्तीर्ण हुने विश्वास जागेको बताए । 

रामजलको सफलताले जेएनयुमा खुसीको माहौल छ । जेएनयुका विद्यार्थी संगठनका अध्यक्ष जी.साई बालाले उनको सफलताबारे बोल्दै भने ,‘काम गर्दागर्दै यसरी विश्वविद्यालयको तयारी गर्नु र त्यसमा सफल भएको कुराले हामीलाई निकै खुसी लागेको छ । विश्वविद्यालय यदी कसैको लागि हो भने उहाँहरु जस्तो व्यक्तिका लागि हो ।’

आगामी दिनको तयारीबारे कुरा गर्दा उनले यूपीएससी (भारतको संघीय लोक सेवा अयाोग) को तयारी गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप