डिफेन्डर डी लीट ८ करोड ४२ लाख डलरमा युभेन्टसमा अनुबन्धित
रोम– नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन् । क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन राजी भएका हुन् ।
उन्नाइस वर्षीय यी प्रतिभाशाली डच खेलाडीको करार अवधि पाँच वर्षको रहेको छ । युभेन्टसले जारी गरेको विज्ञप्तिमा डी लीटले करार रकमका अतिरिक्त थप एक करोड ५ लाख युरो पनि पाउने उल्लेख छ ।
डी लीटको सम्झौता रकम युभेन्टसको इतिहासमा तेस्रो सर्वाधिक बढी रकम हो । सन् २०१८ मा क्लबले क्रिस्टियानो रोनाल्डोका लागि १० करोड ५० लाख युरो भुक्तानीमा सम्झौता गरेको थियो भने सन् २०१६ मा गोन्जालो हिगुइनका लागि नौ करोड युरो भुक्तानी गर्न सहमति जनाएको थियो ।
डी लीटले आयाक्सका लागि ११७ खेल खेलेर १३ गोल गरेका छन् । यस सिजनको च्याम्पियन्स लिगको क्वाटर फाइनलमा आयाक्ससँग युभेन्टस पराजित हुँदा डी लीटले नै गोल गरेका थिए । डी लीटले नेदरल्यान्ड्सका लागि राष्ट्रिय टोलीबाट १७ खेल खेलिसकेका छन् । उनी आयाक्सको कप्तान समेत भइसकेका छन् ।
युभेन्टसका विश्वप्रसिद्ध खेलाडी रोनाल्डोले डी लीटलाई युभेन्टसमा अनुबन्धित हुन अनुरोध गरेका थिए । –एएफपी -picture: bbc/sports
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै