शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कसले फोड्यो सिद्धार्थ राजमार्गमा रहेको गौतम बुद्धको मूर्ति ? घटनाको चौतर्फी विरोध

बिहीबार, ०२ साउन २०७६, १६ : ४६
बिहीबार, ०२ साउन २०७६

बुटवल– रुपन्देही तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भाग (डिभाइडर) मा राखेको बुद्ध मूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ । बुद्ध मूर्ति फोडफोडप्रति नेपाली काँग्रेस संघीय संसदका प्रमूख सचेतक बालकृष्ण खाँणदेखि नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईसम्मले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् ।

प्रमूख सचेतक खाँणद्वारा जारी प्रेस विज्ञप्तिमा रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्र्तगत सिदार्थ राजमार्गको बीच भागमा राखिएका विश्व शान्तिका अग्रदूत गौतम बुद्धको मूर्तिहरु तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । साथै मूर्ति तोडफोड गर्ने कार्य निन्दनीय एवम् घोर आपत्तिजनक भएको भएको उल्लेख छ ।

यस्तै तिलोत्तमा नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा पनि घटना गम्भीर तुल्याएको उल्लेख छ । नगर प्रमुख वासुदेव घिमिरेले जारी गरेको विज्ञप्तिमा सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया सिक्सलेन सडक डिभाइडरमा राखिएका भगवान गौतमबुद्धका मूर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगरपालिका घोर निन्दा र भ्रत्र्सना गरिएको छ ।

विज्ञप्तिमा राष्ट्रिय विभूति, शान्तिका अग्रदूत, महामानव गौतमबुद्धका मूर्तिमा लगाइएको ‘कूदृष्टि’ ले हामी सबै नगरवासीलाई दुःखी बनाएको उल्लेख छ । आज आकस्मिक रुपमा बसेको नगर कार्यपालिकाको बैठकले घटनाको निन्दा गर्दै तिलोत्तमा नगरपालिकाको कामबाट अत्तालिएको विकास विरोधी तत्वबाट नियोजित र संगठित रुपमा सो घटना गराइएको ठहर गरेको छ ।

यस्तै बुद्ध मूर्ति व्यवस्थापन समिति, सिद्धार्थनगर नगरपालिकाले विज्ञप्ति जारी गर्दै मूर्ति तोडफोड गरिनु शान्तिविरोधी गतिविधि भएको भन्दै भत्र्सना गरेको छ । उपभोक्ता समितिका अध्यक्ष भरतकुमार पाखरेलले बिहिवार जारी गरेको विज्ञप्तिमा मूर्तिमाथि भएको आक्रमण शान्तिका अग्रदूत गौतमबुद्ध माथि आक्रमण भएको महसुस गरेको जनाइएको छ ।

उपभोक्ता समितिले आगामी दिनमा पनि शान्तिका अग्रदूतमाथि हुन सक्ने यस्ता गैरक्रियाकलाप नियन्त्रण गर्न माग गर्दै सुरक्षा व्यवस्था कडा गराउन प्रहरी प्रशासनलाई आग्रह समेत गरेको छ । यस्तै, नेकपा तिलोत्तमा नगर कमिटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति आफू स्तब्ध भएको जनाएको हो । नगर अध्यक्ष मोहन चापागाईंद्वारा जारी विज्ञप्तिमा बुद्धमूर्ति तोडफोड जस्तो अराजक गतिविधिप्रति खेद व्यक्त गर्दै उक्त कार्यमा संलग्नलाई पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।

विज्ञप्तिमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुता कायम राख्न र संयमता अपनाउन सबै पक्षलाई अपिल गरिएको छ । मूर्ति कसले तोडफोड गर्यो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन । घटना समाजजिक सञ्जालमा पनि निन्दा भएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप