शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँका विभिन्न स्थानको जग्गाको मूल्य सार्वजनिक, कुन ठाउँमा कति छ ?

बिहीबार, ०२ साउन २०७६, १६ : ५६
बिहीबार, ०२ साउन २०७६

सरकारले काठमाडौँ जिल्लाका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकेको छ ।

अब सरकारले तोकेको रेटभन्दा कममा कारोबार भएको देखाएर सोही अनुसारको कर तिर्न पाइने छैन ।

जग्गाबाट राजस्व उठाउन सरकारले मूल्य तोकेको हो ।

सोही मूल्यका आधारमा सरकारले कर निर्धारण गर्छ । जग्गासँग बाटो जोडिएको र नजोडिएको तथा गोरेटो बाटो भएको ठाउँको फरक फरक मूल्य तोकेको छ ।

मालपोत नियमावली २०३६ को नियम ५ ख को उपनियम ४ बमोजिम काठमाडौ जिल्ला क्षेत्रका जग्गाको मूल्य निर्धारण भएको हो ।

देशभरका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको परामर्शमा मूल्य तोकेका छन् ।  सरकारले निर्धारण गरेको सो मूल्य साउन १ गतेदेखि लागु भइसकेको छ ।

काठमाडौँ रिङरोडका दायाँबायाँका जग्गाको मूल्य ३५ लाख सम्म तोकिएको छ ।

 मातपोत कार्यालय कलंकीले सार्वजनिक गरेको मूल्य यस्तो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप