बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसदको राज्यव्यवस्था समिति बैठकमा पञ्चायतकालीन कर्मचारीको प्रशंसा

बिहीबार, ०२ साउन २०७६, १८ : ०७
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– सांसदहरुले पञ्चायतकालका कर्मचारी अनुशासित भएको चर्चा गरेका छन् । बिहिबार बसेको संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनीहरुले अहिलेका कर्मचारीहरु अनुसाशनहीन भएको उल्ले गरेका हुन् ।  संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा दफा ६७ मा रहेको तालिम सम्बन्धी विषयमा छलफलका क्रममा सांसदहरुले सो कुरा उठाएका हुन् । 

नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले हिजो पञ्चायती व्यवस्थामा जस्तो अहिलेको कर्मचारीतन्त्रमा इमान्दारिता र अनुशासन नरहेको बताए । उनले कर्मचारीतन्त्रमा आधारभूत तालिम अनिवार्य रुपमा दिनुपर्ने बताउँदै कर्मचारीले जति अध्ययन वा तालिम लिएको छ त्यस अनुसार बढुवाको आधार बनाउनुपर्ने बताए ।  

उनले भने– ‘अहिले कर्मचारीतन्त्रमा अनुशासनहिनता छ, इमान्दारिता अनुशासन जिरो छ, त्यसलाई कसरी ट्रयाकमा ल्याउन सकिन्छ ? एउटा सचिवले केही निर्णय गर्यो भने अर्को कर्मचारीले टेबुल ठोक्ने गर्छ । विधेयकमा यो विषय समावेश गर्नुपर्छ ।’

यस्तै, नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले देशमा समस्या आउनुको कारण राजनीतिक क्षेत्र र कर्मचारीतन्त्रकोे समन्वय नहुनु रहेको बताए ।  उनले पञ्चायतकाका कर्मचारीतन्त्रमा अनुशासन रहेको भन्दै बहुदलीय व्यवस्थापछि कर्मचारीतन्त्रमा इमान्दार हुन नसकेको बताए । 

उनले अहिलेको परिवर्तनलाई आफूले विरोध गरेको नभई विकास निर्माणसँग सरोकार राख्ने निकायका कर्मचारीले नै काम अघि बढाउन समस्या सिर्जना गर्ने बताए ।  उनले भने– ‘विकास सँग सम्बन्धित निकायमा उसले पैसा कमाउँछ भने मैले किन फाइल अगाडि बढाउने भन्ने भएको छ ।’ 

सक्षम भन्दा पनि राजनीतिक सम्पर्क, पहुँच र शक्तिको पछाडि लागेका आधारमा कर्मचारी माथि जाने अवस्था बहुदलीय व्यवस्था पछि उत्पन्न भएको प्रवृत्ति रहेको उनले बताए । उनले रोजगारी सिर्जना गर्ने निकायमा काम गर्ने कर्मचारीका लागि छुट्टै तालिमको व्यवस्था गर्न विधेयकले समेट्न नसकेको बताए । 

उनले कर्मचारीको उमेरहद ६५ बर्ष राख्नुपर्ने बताउँदै बाहिरको अभ्यास हेर्ने हो भने पनि अनुभवी कर्मचारीलाई राज्यले नछोड्ने र मन्त्रालय बाहिर राखेर भएपनि काम गराउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप