मनाइयो ‘टाटा गुरु डे’, ८ सय बढी टाटा गुरु सहभागी
काठमाडौं– टाटा जेन्युन पार्ट्सको नेपालका लागी आधिकारिक बिक्रेता सिप्रदी अटो पार्ट्सले गुरु पुर्णिमाको अवसर पारेर गत असार ३१ गते ‘टाटा गुरु डे’ मनाएको छ । सिप्रदीले नेपालमा लगातार दोस्रो पटक टाटा गुरु डे मनाएको हो । उक्त अवसरमा देशभर रहेका ८ सय भन्दा बढी टाटा गुरुहरुबाट कुल १२ लाख ७० हजार ३ सय ४१ अंक कुपन जम्मा भएको कम्पनीले बताएको छ ।
स्थानिय मेकानिक्सलाई टाटा गुरु बनाउन सिप्रदीले विशेष प्रकारको लोयल्टी प्रोग्राम ल्याएको थियो । उक्त प्रोग्राममा सहभागी हुनका लागी टाटा जेन्युनका कुनै पनि पार्ट्स खरिद गरे पछि उनीहरुलाई सिप्रदीले विशेष प्रकारको कोड उपलब्ध गराएको हुन्छ ।
कोडको भित्र उनीहरुका लागि स्पेसल कुपनको व्यवस्था गरिएको हुन्छ । सो कुपनमा भएको नम्बर एसएमएस गरेर पठाउनु पर्ने हुन्छ । धेरै एसएमएस गर्नेहरु मध्येबाट ५ जना भाग्यशाली विजेतालाई स्मार्ट फोन लगायतका विशेष पुरस्कार प्रदान गरिने सिप्रदी अटो पार्ट्सले जनाएको छ ।
अन्य दिन भन्दा गुरु डे का दिन गरिएको एसएमएसका लागि दोब्बर अंक प्रदान गरिने व्यबस्था मिलाइएको थियो । केही समय पछि टाटा गुरु सम्मेलनको आयोजना गरी भाग्यशाली विजेता र विभिन्न मेकानिक्सहरुलाई पुरस्कृत गर्ने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने