बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एकैसाथ जिल्ला र उच्च अदालतका २ सय ३४ न्यायाधीशको सरुवा

बिहीबार, ०२ साउन २०७६, १८ : ५९
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– न्यायपरिषदको बैठकले जिल्ला अदालतका १ सय ५६ र उच्च अदालतका ७८ गरी २ सय ३४ न्यायाधीशहरुको एक्कैसाथ सरुवा गरेको छ ।  आज बसेको न्यायपरिषदको बैठकले सो निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । 

बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई सिफारिस गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत दिपायलका न्यायाधीश वालेन्द्र रुपाखेती, उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जका न्यायाधीश चन्द्रबहादुर सारु र उच्च अदालत विराटनगर इलाम इजलाशका न्यायाधीश रवि शर्मा अर्याललाई तोक्न सिफारिस गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप