शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन सयवटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब

बिहीबार, ०२ साउन २०७६, १९ : ११
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– सरकारले तीनसय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने गरी साझा यातायातलाई सो रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन् । आगामी असोज महिनाभित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस सञ्चालनमा ल्याउने गरी खरिद गर्न साझा यातायातलाई  सो रकम उपलब्ध गराइएको पनि मन्त्री महासेठले बताए ।


सरकारले चालू आर्थिक वर्षभित्र यातायात सेवामा सहजता र वातावरण प्रदुषित हुन नदिने उद्देश्यका साथ साझा यातायातमा विद्युतीय बस सञ्चालन गर्ने प्रतिवद्धता जनाएको थियो । कार्यक्रममा बोल्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले विद्युतीय बसको सञ्चालनबाट नेपालको अर्थतन्त्र र वातावरणमा उल्लेख्य सुधार आउने विश्वास पनि व्यक्त गरे ।

सरकारले सवारी साधनबाट वातावरण प्रदुषित हुँदै गएपछि त्यसको विकल्पमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याउन लागेको हो । मन्त्री महासेठले वातावरणीय सुधारका लागि सरकारले पूराना सवारी साधनहरुको सञ्चालनमा पनि रोक लगाउने तयारी गरिरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप