‘सासुले मलाई छोरीको नजिक पर्न नदिएपछि मारेको हुँ’
बुटवल– ‘विवाह भएको केहि बर्षपछि सासुले आफ्नी छोरी अर्थात मेरी श्रीमतीलाई माइती मै राखेर आर्जन खाने, घर नपठाउने गर्नुभयो । म भेटन आउँदा पनि उनको नजिक पर्न दिनुभएन । त्यही रिसले मैले सासुको हत्या गरेको हुँ’, हत्या अभियोगीले यस्तो वयान दिएको जिल्ला प्रहरी कार्यालयमा निमित्त जिल्ला प्रहरी प्रम्ुख प्रहरी निरीक्षक खिमबहादुर घमले बताए ।
असार ३० गते राती अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातामारा धानखोलामा झुण्डिएको अवस्थामा ४७ वर्षीया इन्द्र कुमालको झुण्डिएको अवस्थमा शव फेला परेको थियो । सुरुमा त ह्याङ्गीङ केश भनियो । पछि अनुसन्धानका क्रममा उनको आफ्नै ज्वाँई २९ वर्षीय वसन्त घर्तीले हत्या गरेको खुल्यो प्रहरी निरीक्षक घमले भने, ‘डोरीले घाँटी कसेर हत्या गरेको साविकी वयानमा स्वीकार गरिसकेको छ ।’
श्रीमान मृत्युको एक बर्षमै सासुको हत्या
दाङको राप्ती गाउँपालिका २ घर भएका वसन्त कुमाल र श्रीमती सिता कुमालबीच आजभन्दा ८ वर्षअघि विवाह भएको थियो । उनीहरुका ६ र ७ बर्षकी दु्इै छोरी रहेको प्रहरी निरीक्षक घमले बताए । उनका ससुराको एक बर्षअघि मृत्यु् भएको थियो । पति वियोगको पीडामा रहेकी सासुलाई उनले त्यसदिन राती ११ बजेर ४० मिनेट जाँदा घरमा कोह नभएको मौका छोपेर हत्या गरेको प्रहरीको भनाई छ ।
उनकी श्रीमती घरमा छोरीहरु छाडेर दाजु राजु कुमाल र भाई दिलबहादु्र क्ुमालसँग मजदुरी गर्न अन्यत्रै गएकी थिइन् । निजलाई पक्राउ गरि अदालतबाट १० दिन म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जानकारी दियो । अर्घाखाँचीमा गत बर्ष पनि छोरीलाई अर्कैै पुरुषसँग विवाह गराइदिन आँटेकी सासु, उनकी छोरी र हुनेवाला ज्वाई मिलेर एक प्ुरुषको हत्या गरि बोरामा बाँधेर झाडीमा फालेका थिए ।